Home » जनतामा आशाको संचार छर्न विकाश निर्माणमा नयाँ अभ्यास थाल्छौं: यातायात मन्त्री श्रेष्ठ

जनतामा आशाको संचार छर्न विकाश निर्माणमा नयाँ अभ्यास थाल्छौं: यातायात मन्त्री श्रेष्ठ

by newnagarikdiary
0 comment

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले लामो संघर्षले हासिल गरेको राजनीतिक उपलब्धिले जनतामा आशाको संचार छर्न नसकेको बताउनुभएको छ ।

जनताले विकाश निर्माणमा,शिक्षा, स्वास्थ्य,कृषि,विद्दुत लगायत मुलुकलाई समुन्नत बनाउने बहुआयामकि आधार हुँदा हुँदै पनि आशाको संचार छर्न नसक्नु नीति र नेतृतव तहमै कमीकमजोरी भएको बताउनुभएको छ । श्रेष्ठले आफ्नै पोल्टामानै परिवर्तनको अनुभव गराउने गरि सरकार अगाडी बढेको बताउनुभएको छ । मन्त्रालयको क्षेत्रमा पर्ने समग्र विकाशको पूर्वाधारले मात्र फडको मार्न नसक्ने र विकाशका सम्भावनाहरुलाई अवसरको रुपमा हासिल गर्न सबै मन्त्रालय र निकाय मिलेर जान सके मात्रै मुलुकले विकाश निर्माणको क्षेत्रमा फडको मार्न सक्ने बताउनुभएको छ । कामलाई प्रभावकारी ढङ्गले सम्पादन गर्न नेतृत्तव प्रशासनिक संयन्त्र विभाग जनशक्ती सबैलाई जिम्मेवार बनाउने गरि नीति नै तर्जुमा गर्ने गरि अगाडी बढेको बताए ।

विभिन्न निकायको कारणले भएको भद्रगोल अवस्थामा सुधार गर्न हरेक पन्ध्र दिनमा सबै निकायका प्रमुखहरुनै उपस्थित हुने गरि बसेर उच्च स्तरिय छलफल, फलोअप, नियमित अनुगमन गरि कार्यन्वयनको चरणमा छलफल अगाडी बढाएको मन्त्री श्रेष्ठले बताए । मन्त्रालयले राज्यको नीति र नियममा सरकारले भौतिक पूर्वाधार तथा यातायात क्षेत्रमा रहेका तमाम समस्या समाधानका लागि एक उच्चस्तरीय कार्यदल गठन समेत गरेको छ ।

सबै निकायका प्रमुखहरुसंग विकाश निर्माण र यातायातका क्षेत्रमा भएका तमाम वेथिति हटाउने योजना सहित मनत्रालयको नेतृत्वमा स्थायी संयन्त्र बनेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता शिवप्रसाद नेपालले बताए । नेपालले हाल नयाँ मन्त्री नियुक्त भएसंगै उपत्यकामा सडक विभाग अन्तर्गत भएका ८५ प्रतिशत खाल्डा पुर्ने काम भएको बताउनुभएको छ । हाल पूर्वाधार र विकाश निर्माणको क्षेत्रमा भएका यावत समस्या र प्रभावकारी हुन नसकेको समन्वयतामक कामलाई थप चुस्त बनाउन प्रधानमन्त्री तहबाटै यसमा पहलकदमी सुरु भएको बताए ।

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रिस्तरीय निर्णयमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत रहेका यातायात तथा विकाश निर्माणको क्षेत्रलाई सुधार गर्न गठन कार्यदल ६ सदस्यीय रहेको छ । कार्यदलको संयोजकमा प्रा डा राजेन्द्रप्रसाद अधिकारी, कार्यदलमा पूर्वसचिव पूर्णचन्द्र भट्टराई, रामकृष्ण सापकोटा, हरि बस्याल तथा विषयविज्ञका रूपमा डा लीना गुरुङ सदस्य छन् । कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिनियर इञ्जिनियर अर्जुनप्रसाद अर्याल सदस्यसचिव छन् । कार्यदललाई मन्त्रालयको कार्य जिम्मेवारीभित्रका सडक पूर्वाधार, सडक पुल, रेलवे सेवा, यातायात क्षेत्र व्यवस्थापन तथा इञ्जिनियरिङ सेवा व्यवस्थापन इञ्जिनियरिङ काउन्सिल समेतको कार्यविधिमा रही सुझाव प्रतिवेदन पेस गर्न भनिएको छ । कार्यदलको अवधि एक महिनाको रहेको छ । मन्त्री श्रेष्ठले सेवा प्रवाहलाई चुस्तदुरुस्त, सेवाग्राहीमैत्री, प्रभावकारी, सुशासनमैत्री तथा अनियमितता, भ्रष्टाचार, चुहावट, मिलेमतो अन्त्यका लागि शून्य सहनशील हुन अवलम्बन गर्नुपर्ने नीतिगत, कार्यप्रक्रियागत र संस्थागत सुधारका विषय प्रस्तुत गर्ने म्याण्डेट कार्यदललाई दिइएको बताए ।

Related Articles

Leave a Comment