Home » चितवन उपनिर्वाचनका लागी १८ दल दर्ता

चितवन उपनिर्वाचनका लागी १८ दल दर्ता

by newnagarikdiary
0 comment

आगामी वैशाख २ गते चितवन क्षेत्र नम्ब र २ मा हुने उपनिर्वाचनका लागि १८ दल दर्ता भएको छ ।

चितवन क्षेत्र नम्ब र २ मा हुने उपनिर्वाचनका लागि फागुन १० गतेदेखि १६ गतेसम्म दल दर्ताको समय तोकेको थियो । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले दल दर्ता गरेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् । यसैगरी नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, नेपाली कांग्रेस (बीपी) मंगोल नेसनल अर्गनाइजेसन, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय जनमुक्ति, नेकपा माओवादी समाजवादी, पुनर्जागरण पार्टी, मौलिक जरोकिलो, राष्ट्रिय मुक्ति आन्दोलन र जय जनमुक्ति पार्टीले पनि दल दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट रास्वपाका सभापति रवि लामिछाने प्रतिनिधि सभामा निर्वाचित भएका थिए । तर गत माघ १३ गते रविको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएको थियो ।

Related Articles

Leave a Comment