Home » चन्द्र भण्डारीलाई उपचारका लागि भारत लैजान करिब ७ घण्टा

चन्द्र भण्डारीलाई उपचारका लागि भारत लैजान करिब ७ घण्टा

by newnagarikdiary
0 comment

सिलिण्डर ग्याँसको जलनबाट गम्भीर विरामी भएका सांसद चन्द्र भण्डारीलाई उपचारका लागि भारत लैजान करिब ७ घण्टा लागेको छ । जनसरोकार स्वास्थ्य ट्रष्ट, कीर्तिपुर अस्पतालका अनुसार सांसद भण्डारीको अनुहार, दुवै हात र दुवै गोडाहरुमा गरी २५–३०% जलन भएको छ । भण्डारीकी आमा हरिकलाको भने शरीरको ७० प्रतिशत जलेको थियो । अस्पतालले यथोचित उपचार नेपालमा सहज नहुने भनेर प्रष्ट्याएको दुई घण्टा पछि आमा हरिकलाको मृत्यु भएको थियो । नेपालको स्रोत साधनले उपचार सम्भव नहुने अस्पतालले प्रष्ट पारे लगत्तै सांसद भण्डारीलाई उपचारका लागि भारत लैजाने तयारी गरिएको थियो । नेपालमै उपचार गर्ने अडान लिएका भण्डारीलाई सबैले मनाएपछी उपचारका लागि भारत जान तयार भएका हुन् । श्री एयरलाइन्सको विमानमार्फत उनलाई उपचारका लागि मुम्बईको सुविधासम्पन्न नेशनल बर्नस् सेन्टरमा लैजाने तय भयो । तर, नियमित उडान जस्तै गरी लैजान सम्भव हुने विषय थिएन । विमानलाई एयर एम्बुलेन्समा रुपान्तरण गरेर विरामी लैजानु पर्दा भण्डारीलाई भारत पुर्याउन करिब ७ घण्टा लागेको हो । श्री एयरका अनुसार बिहान १० बजेको आसपासमा श्री एयरलाइन्सले उडान गर्ने निश्चित भएको थियो । अस्पतालले विरामी उपचार गर्न विदेश लैजान दिएको सुझाव तथा विमान तय भएर मात्रै उडान हुने अवस्था थिएन । एयर एम्बुलेन्स उडानका लागि भारतबाट स्वीकृति लिनुपर्ने थियो । भण्डारीको उपचारका लागि एयर एम्बुलेन्समा मेडिकल टिमको व्यवस्थापन नर्भिक अस्पतालले गरेको छ । नर्भिकबाट ६ जना चिकित्सकको टीम एयर एम्बुलेन्समा गएको छ । उनीसँग जाने ६ जना चिकित्सकीय टोलीमा ३ जना डाक्टर र ३ जना पारामेडिक्स रहेका छन् । भण्डारीको श्वास नलीमा जलनले असर र सुन्निन सक्ने जोखिम भएको हुँदा श्वास नलीमा पाइप राखी (इन्टुबेसन गरी) अक्सिजन दिंदै लगिएको चिकित्सकले जनाएका छन् । पार्टी नेताहरु भने भण्डारीको साथमा आज गएका छैनन् । उपचारका लागि बिहान ९ बजेदेखि गरिएको तयारी अपरान्ह ४ः१५ बजे मात्रै सफल भयो । भण्डारीलाई भारत उपचारका लागि पठाउन सरकार र सिंगो नेपाली कांग्रेस लाग्दा समेत सात घण्टा लाग्यो । भण्डारीको उपचारमा हरसम्भव सहयोग गर्न सरकार तयार थियो । त्यसका लागि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल अस्पताल नै पुगेर प्रतिबद्धता गरेका थिए ।

Related Articles

Leave a Comment