Home » चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार, भेन्टिलेटरबाट हटाईयो

चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार, भेन्टिलेटरबाट हटाईयो

by newnagarikdiary
0 comment

शिर्षक: चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार, भेन्टिलेटरबाट हटाईयो

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमस सुधार हुँदै गएका कारण भेन्टिलेटरबाट हटाइएको छ ।

भण्डारीका सहयोगी योगराज शर्मा कँडेलले भण्डारीको स्वास्थ्य अवस्था क्रमिक रुपमा सुधार आउन लागेको जानकारी दिएका छन् । उनले सामाजिक संजालमा पोष्ट गर्दै लेखेका छन् आज बिहान डा. मुकेश मिश्रा र डा. अमोल मात्रेसँग काउन्सिलिङ्ग सम्पन्न भइ सकेको छ । उनको ईटी ट्यूव निकालिएको छ। अहिले रिजरभायर व्याग मास्कबाट १५ लिटर अक्सिजन दिइएको छ। डाक्टरहरुको योजना बमोजिम १५ लिटरलाई घटाउँदै लगिनेछ । ’

बिहीबारदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीलाई स्वास्थ्यमा सुधार आएपछि भेन्टिलेटरबाट हटाइएको हो । उपचारमा संलग्न चिकित्सकका अनुसार भण्डारीको सबै पारामिटर नर्मल छन् । फोक्सोको तल्लो भागमा थोरै इन्फेकसन देखिएको तर डराउनुपर्ने अवस्था नरहेको डाक्टरबाट जानकारी प्राप्त भएको छ। अहिले भण्डारी बोल्न थालेका छन्।

भण्डारीको प्रत्येक दिन छातीको फिजियो भइरहेको छ। सुन्निएको अनुहार पुरानो अवस्थामा फर्केको छ। कुनै कुनै ठाउँमा रातो रातो नयाँ छाला पलाएको देखिएको छ।

गत बुधबार राति आफ्नो निवासमा ग्यास सिलिन्डर चुहिएर सांसद डा भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए।

Related Articles

Leave a Comment