Home » गण्डकी अस्पतालमा सिटी स्क्यानको तत्काल व्यवस्था गर्न अनेरास्ववियुको माग

गण्डकी अस्पतालमा सिटी स्क्यानको तत्काल व्यवस्था गर्न अनेरास्ववियुको माग

by newnagarikdiary
0 comment

अनेरास्ववियु गण्डकी प्रदेश कमिटीले आइतबार गण्डकी प्रदेशकै ठूलाे सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको समग्र सुधार र सिटिस्क्यान लगायत महत्वपूर्ण सामग्रीहरुको तत्काल व्यवस्था गर्न माग गरेकाे छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डुकबहादुर क्षेत्रीलाई भेटी अनेरास्ववियु प्रदेश संयोजक प्रकाश पौडेल, स्थायी कमिटी सदस्य अर्जुन अधिकारी प्रदेश सचिव आरके पाेखरेल, सचिवालय सदस्य अन्जली लम्साल, प्रतीक्षा पौडेलको उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाइएकाे हाे ।

प्रदेश संयोजक पौडेलले सिटी स्क्यानको अभावमा निमुखा जनता निजी अस्पतालमा चर्काे शुल्क तिरेर उपचार गर्न बाध्य भइरहेकाले त्यस्ताे समस्या टार्न सरकारीमै व्यवस्था गर्नुपर्ने बताए । ‍ अनेरास्ववियुले अस्पतालको समग्र व्यवस्थापन, सेवा प्रवाह लगायतलाई आन्तरिक रुपमै सुक्ष्म रुपमा निरन्तर फ्लोअप गर्ने प्रदेश सचिव आरके पाेखरेलले जनाए।

Related Articles

Leave a Comment