Home » क्रसर उद्योग संचालन समस्याले निर्माण उद्योगमा समस्या भौतिक मन्त्री: श्रेष्ठको ध्यानाकर्षण

क्रसर उद्योग संचालन समस्याले निर्माण उद्योगमा समस्या भौतिक मन्त्री: श्रेष्ठको ध्यानाकर्षण

by newnagarikdiary
0 comment

नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले उप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई भेटी नदी तथा खानीजन्य निर्माण सामग्रीको उत्खननमा देखिएको समस्याले निर्माण उद्योगमा परेको समस्या बारे ध्यानाकर्षण गराएको छ ।

महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले निर्माण उद्योगका लागि अति आवश्यक कच्चा पदार्थ गिट्टी, बालुवा, ढुंगा, माटो लगायतका निर्माण सामग्रीहरू उत्खनन, ओसारपसार लगायतमा समस्या भएसँगै निर्माण कार्यहरू ठप्प जानकारी गराउनुभयो । गृहमन्त्रालयको निर्देशनपछि मुलुकभरका आधाभन्दा बढी क्रसर उद्योग बन्द भइसकेको भन्दै अध्यक्ष सिंहले त्यसको प्रत्यक्ष मारमा निर्माण उद्योग परेको बताउनुभयो । अध्यक्ष सिंहले एक वर्षको समय दिएर क्रसर उद्योगहरूलाई वैद्य गराउन सकिने सुझाव दिनुभयो । निर्माण उद्योगलाई चलायमान बनाउन मोबिलाइजेशन बापत्को २० प्रतिशत रकम उपलब्ध गराउन र म्याद थपमै समय सापेक्ष हुने गरी माइलस्टोनको व्यवस्था गर्न अध्यक्ष सिंहले आग्रह गर्नुभयो ।

जवाफमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रेष्ठले क्रसर उद्योगमा देखिएको समस्यामा समाधानका लागि छलफल भइरहेको भन्दै चाँडै निकास खोजिने स्पष्ट पार्नुभयो । सरकारले क्रसर संचालनका लागि नयाँ मापदण्ड बनाउने जानकारी ँिदँदै उपप्रधानमन्त्री श्रेष्ठले गुणस्तरीय निर्माण सामग्री उत्पादन भएमात्र गुणस्तरीय निर्माण हुने बताउनुभयो । महासंघ प्रतिनिधिमण्डललमा एसोशिएट उपाध्यक्ष रामजी पन्त ‘मुकेश’, महासचिव रोशन दाहाल, उपमहासचिव (नीतिगत) शिवहरि घिमिरे, उपमहासचिव (आन्तरिक) नरहरि थपलिया, कार्य समिति सदस्य पञ्चराम तामाङ (पदम), निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकका अध्यक्ष छत्र तामाङ, महासंघका कार्यालय प्रमुख प्रेमसिंह ऐर लगायतको सहभागिता रहेको थियो ।

Related Articles

Leave a Comment