Home » क्यान कार्यसमिति निलम्बन गर्न राखेप छानबिन समितिको प्रतिवेदन

क्यान कार्यसमिति निलम्बन गर्न राखेप छानबिन समितिको प्रतिवेदन

by newnagarikdiary
0 comment

राखेप छानबिन समितिको प्रतिवेदन : क्यान कार्यसमिति निलम्बन गर्न सुझाव

नेपाल टी–२० लिगबारे छानबिन गर्न (राखेप)ले गठन गरेको छानबिन समितिले क्यान कार्यसमिति विघटनसम्मको कारबाही गर्न सुझाव दिएको छ ।

पुस ९ देखि २७ सम्म त्रिवि मैदानमा आयोजित नेपाल टी–२० लिग नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको प्रतियोगितामा सट्टेबाजी, सम्भावित फिक्सिङ, श्रम स्वीकृतिविना विदेशी खेलाडी खेलाइएको तथा खेलाडीले पारिश्रमिक नपाएका विषयमा धेरै प्रश्न उठ्न थालेपछि राखेपले पुस २१ गते कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवरको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ ।

बुधबार समितिले राखेप सदस्यसचिवलाई प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदनमा नेपाल क्रिकेट संघले विदेशी कम्पनी वा संस्थालाई आफ्नो साझेदार बनाउनुअघि नियामक निकायसँग सहमति लिएको नदेखिएका कारण कारबाहीको सिफारिस गरेको छ ।

सोही आधारमा क्यानमाथि खेलकुद विकास ऐनको दफा २९ आकर्षित हुने छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

Related Articles

Leave a Comment