Home » को हुन उपसभामुख ईन्दिरा राना मगर

को हुन उपसभामुख ईन्दिरा राना मगर

by newnagarikdiary
0 comment

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सामानुपातिकतर्फबाट सांसद हुनुभएकी इन्दिरा राना मगर प्रतिनिधिसभाको उपसभामुख बन्नुभएको छ ।
को हुन त उपसभामुख ईन्दिरा राना मगर
सत्तागठबन्धनको तर्फबाट उपसभामुख बन्नुभएकी ईन्दिरा राना मगर सयौ बालबालिकाकी अभिभावक हुनुहुन्छ । बीबीसीले तायार पारेको प्रेरणादायी तथा सिर्जनशीला महिलाहरुको प्रारम्भिक सूचिमा समेत राखेको छ । २०२७ सालमा झापाको शनिश्चरे ६ मा जन्मेकी इन्दिराले समाजसेवा बापत सन् २००५ मै अशोक फेलो जित्नुभएको थियो । अभावपूर्ण बाल्यकाल बिताएकी इन्दिरा ११ वर्षमा एकैचोटि पाँच कक्षामा भर्ना हुनुभएको थियो । २०५३ मा स्नातक गरेर समाजसेवामा लागेकी उहाँले काठमाडौंको नयाँबजारको बाल आवासगृहमा २८, साँखुमा ८६ र झापाको खुदुनाबारीस्थित बालगृहमा १० बालबालिकाको हेरचाह हाल पनि गर्दै आउनुभएको छ । ती बालबालिकाका लागि उपसभामुख ईन्दिराले जूनकिरी नामका दुई वटा प्राथमिक स्कूल पनि सन्चालन गर्नुभएको छ । साँखुको जूनकिरीमा १२२ र खुदुनाबारीमा १०२ बालबालिका पढ्छन् । यसैगरी, पाल्पा र भक्तपुरमा युथ होम संस्था पनि ईन्दिराको रहेका छन् । आवासगृहमा चाहिं ठूलाले साना बालबालिकाको हेरचाह गर्ने नियम बसाउनुभएकी ईन्दिराले कर्मचारी नपुगेर नभई बालबालिकालाई जिम्मेवार बनाउन र पारिवारिक माहोल सिर्जना गर्ने वातावरण बनाउनुभएको छ ।
बालबालिकालाई पालनपोषण मात्र नभएर पेन्टिङ, सिलाई बुनाई, कृषि जस्ता आयमूलक काम पनि सिकाउने गर्नुहुन्छ । २३ वर्षअघि महिला कारागारमा साक्षरता अभियान चलाएरै समाजसेवामा होमिनुभएकी ईन्दिराको समाजसेवा करागारका वयस्क बन्दीहरूमाझ पनि अविचिलित छ ।
बाबुआमाको अपराध प्रमाणित भएपछि कारागार पुगेका निर्दोष बालबालिकाको अभिभावकत्व लिएर सीएनएन हिरो बनेकी पुष्पा बस्नेत पनि शुरुमा इन्दिराकै संस्था पिए, नेपालमा स्वयंसेवक समेत रहनुभयो । इन्दिरा आफैंले जन्माएकी एक छोरी हुनुहुन्छ भने सयौं बालबालिकाको आमा ईन्दिरा हुनुहुन्छ । ईन्दिराले नयाँबजारस्थित डेरामा आफूसँग २८ जना बालबच्चा हुर्काइरहनुभएको छ भने कारागारमा रहेका बालबच्चालाई आफ्नै मातहतका दुई वटा विद्यालय र १० वटा बालगृहमा राखनुभएको छ । साँखुमा भने आफ्नै भवनमा विद्यालय सञ्चालित छ । त्यहाँ कारागारबाट ल्याइएका र विपन्न वर्गका बालबच्चासहित ८५ जना पठनपाठन गर्छन् ।

त्यसैगरी म्याग्दी, कास्की, झापा र काठमाडौंका ३८ परिवारका सन्तानलाई छोरी शिक्षा कार्यक्रमअन्तर्गत पठनपाठन गराउनुभएकी ईन्दिरा यतिबेला ५०० बालबच्चाको पालनपोषण र शिक्षा दीक्षाको सम्पूर्ण मेलोमेसो मिलाउनुभएको छ ।
ईन्दिरा रानाले प्राप्त गरेको अवार्ड
संस्था खोलेको चार वर्षमै एसिया जनसेवा अवार्ड हात पार्नुभएको ईन्दिराले सन् २००९ मा ईन्दिरालाई एसियाका २१ नेतृत्वले पाउने सम्मान प्रदान गरिएको थियो । सन् २०१४ मा प्रतिष्ठित वर्ल्ड चिल्ड्रेन अनररी अवार्ड नोबेल पुरस्कार जितेकी पाकिस्तानकी यूसुफ मलाला र अमेरिकाका जोन उडसँगै तीन जनामा परेर इन्दिराले यो सम्मान प्राप्त गर्नुभएको थियो । स्वीडेनकी रानी सिल्भियाबाट यो सम्मान लिएपछि इन्दिराको काम अन्तर्राष्ट्रिय क्षेत्रमा थप फैलियो अहिले ईन्दिराको स्टोरी स्पेनको ५० वटा स्कूलमा पढाइ हुन्छ भने क्यानडा र थाइल्याण्डमा पनि प्रेरणादायी व्यक्तिका रुपमा मात्रै चर्चा नभएर इन्दिराले गरेको वकालतलाई पनि समर्थन गर्नेको संख्या धेरै छ । अरु दर्जनौं पुरस्कार र सम्मान पाएकी उपसभामुख ईन्दिराले अहिलेसम्म कैदीबन्दीका दुई हजारबढी बालबच्चा हुर्काइसक्नुभएको छ । अहिले ईन्दिराले हुर्काएका बालबालिका कोही ब्रिटिस आर्मी कोही, स्टाफ नर्स कोही खेलाडी त, कोही विदेशका विभिन्न ठाउँ रहेर आफ्नो कर्म गर्दै आईरहेका छन् ।

Related Articles

Leave a Comment