Home » कोरोना संक्रमणको जोखिम, चिनका दर्जन बढी शहरमा लकडाउन

कोरोना संक्रमणको जोखिम, चिनका दर्जन बढी शहरमा लकडाउन

by newnagarikdiary
0 comment

कोरोना संक्रमित बढेपछि चीनका दर्जन बढी शहरमा लकडाउन गरिएको छ । लगातार तेश्रो दिन १ हजार भन्दा बढी कोरोना संक्रमण पुष्टि भएपछि चीनका दर्जन बढी शहरमा लकडाउन गरिएको छ ।
कोरोना भाइरसको उत्पत्ति भएको वुहान शहरमा पनि लकडाउन गरिएको छ । त्यहाँका ८ लाख मानिसलाई आउँदो आइतबारसम्म घरबाट बाहिर ननिस्किन निर्देशन दिइएको छ ।त्यहाँ पछिल्लो हप्तामा दैनिक २० देखि २५ जनामा कोरोना संक्रमण पुष्टि हुने गरेको छ ।आईफोन उत्पादन गर्ने सबैभन्दा ठूलो कारखाना रहेको झेङझाउ शहरका साथै चीनको चौथो ठूलो आर्थिक केन्द्र ग्वाङझाउ पनि प्रभावित भएको छ

Related Articles

Leave a Comment