Home » कांग्रेसको अडान राष्ट्रपति कांग्रेसभित्रैबाट सर्वमान्य व्यक्ती हुनुपर्छ

कांग्रेसको अडान राष्ट्रपति कांग्रेसभित्रैबाट सर्वमान्य व्यक्ती हुनुपर्छ

by newnagarikdiary
0 comment

प्रतिनिधिसभामा विश्वासको मत लिँदा अस्वाभाविक समर्थन पाएका प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिरहनुभएको छ । जुन दाहालको लागि सहज छैन । किनकी सत्ता साझेदार दलमा एमालेको भागमा परेको राष्ट्रपति कांग्रेसले जसरी पनि लिने रणनीति अघि सारेको छ । राष्ट्रपतिको निर्वाचनलाई नै लक्षित गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेस अहिले पनि निरन्तर संवादमै छ ।

मंसिर ४ गतेको निर्वाचनपछि संसद्‌को सबैभन्दा ठूलो दल बनेर पनि सत्ता बाहिर पुगेको कांग्रेसले प्रतिनिधि सभाको सभामुख र उपसभामुखमा पनि उम्मेदवारी दिएको थियो । भने कांग्रेसको पूर्व पदाधिकारी र पदाधिकारीको निर्णयले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय पनि गरिसकेको छ । कांग्रेसले उम्मेदवारी दिए पनि सभामुख र उपसभामुखमा सत्ता साझेदार दलका उम्मेदवार विजयी भएका छन् । यद्दपी प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रपति निर्वाचनमा सत्तारुढ दल माओवादी केन्द्रबाट सहयोग प्राप्त हुने आशा व्यक्त गरेको छ । कांग्रेस नेता राजेन्द्र केशी राष्ट्रपतिको लागि राष्ट्रिय सहमती र सर्वमान्य व्यक्ती कांग्रेसभित्रैबाट हुनुपर्ने आशय व्यक्त गर्नुहुन्छ ।

नेता केशीले सत्ता साझेदार दलहरुबिच भएको भएको भागबण्डाका आधारमा हेर्दा २ वर्षपछी एमालेले पाउने कार्यकारी प्रमुख र राष्ट्रपतिले फेरि मुलुक पहिलाकै जस्तो खतारामा पुग्न सक्ने र यस्तो हुन नदिन प्रमुख पदहरु एमाले र माओवादीले भागबण्डा गरेजस्तै राषंट्रपति कांग्रेसको रहे मुलुकको लोकतन्त्र सृदृढ हुने र संविधानको रक्षा हुने केशी बताउनुहुन्छ । कांग्रेस नेता डाक्टर शेखर कोइरालाले राष्ट्रपतिको निर्वाचन कुनै पनि हालतमा सार्न नहुने बताउनुभयो । संविधान र कानूनका कुरा बाझिएको भएपनि फागुन २८ भन्दा पहिले राष्ट्रपतिको निर्वाचन नभए देशमा अनिष्टता जन्मिने डा कोईरालाको चेतावनी छ । विगत ५ वर्षको राजनीतिक घटनाक्रमहरूले कांग्रेसले नै राष्ट्रपति पाउनुपर्ने प्रशस्त आधार दिएको उहाँको तर्क छ ।

यसअघि साढे ३ वर्ष विपक्षमा हुँदा एमाले र माओवादीकै कारण सरकारको नेतृत्व गर्ने अवसर जुरेको उल्लेख गर्दै कोइरालाले अझ त्यस्ता घटनाहरू घट्न सक्ने दावी गरेर एमालेको शंका झनै बढाइदिनुभएको छ। सत्ता साझेदार दलहरूबीचको भागबण्डा मिलाउँदा राष्ट्रपति एमालेको भागमा परेको छ । दाहालले भनेझैं सबै दलहरूबीच सहमति हुन एमालेले प्रस्ताव गरेको व्यक्ति हुनुपर्ने कतिपयले टिप्पणी गर्ने गरेका छन् । जुन कुरा राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरिसकेको कांग्रेसले स्वीकार्ने पक्षमा छैन । भने प्रधानमन्त्री र कांग्रेसका केही नेताहरूको अभिव्यक्तिले एमाले आशंकित रहेपनि एमाले नेताहरू राष्ट्रपति आफ्नो पार्टीले सिफारिस गरेको व्यक्तिनै हुनेमा ढुक्क छन् ।

Related Articles

Leave a Comment