Home » कलाकार पूर्णविक्रम (पल) शाह थुनामुक्त भए

कलाकार पूर्णविक्रम (पल) शाह थुनामुक्त भए

by newnagarikdiary
0 comment

पोखराबाट सफाइ पाएका कलाकार पूर्णविक्रम (पल) शाह थुनामुक्त भएका छन् । नाबालिका बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालतले सफाई दिएसंगै शाह सोमबार चुनामुक्त भएका हुन् । शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले सबै अभियोगबाट पूर्ण सफाइ पाएकाले रिहा भएको जानकारी दिए । शाहलाई स्वागत गर्न उनका शुभचिन्तकहरू बिहानैदेखि कारागार पुगेका थिए । आइतबार उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालत नवलपुरको आदेश उल्ट्याउँदै शाहमाथिको अभियोग दाबी नपुग्ने ठहर गरेको थियो । शाहलाई थुनामुक्त गर्ने व्यहोराको पत्र उच्च अदालतले जिल्ला कारागार तनहुँलाई पठाएपछि उनी रिहा भएका हुन् । यसअघि जिल्ला अदालत नवलपुरले शाहलाई २५ हजार जरिवानासहित दुई वर्ष ६ महिना कैद र पीडितलाई १० लाख रूपैयाँ क्षतिपूर्ति फैसला गरेको थियो । त्यसविरुद्ध शाहले उच्च अदालतमा पुनरावेदन गरेका थिए । नवलपुर अदालतले बालयौन दुराचारमा सजाय फैसला गरेको थियो। जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतबाट बलात्कारमा दिइएको सफाइविरुद्ध पुनरावेदन गरेको थियो। प्रक्रिया पूरा गरी उनी आज रिहा हुँदैछन् । पोखराकी एक किशोरीले कलाकार शाहले आफूलाई तनहुँ र नवलपुरको गैंडाकोटमा बलाकात्कार गरेको भनी गत वर्ष तनहुँ जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । त्यसअघि नै शाहले गत फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए ।

Related Articles

Leave a Comment