Home » कक्षा १२ को नतिजा प्रकाशित,सात हजार ३६ परीक्षार्थीले ‘ए प्लस’ ल्याए

कक्षा १२ को नतिजा प्रकाशित,सात हजार ३६ परीक्षार्थीले ‘ए प्लस’ ल्याए

by newnagarikdiary
0 comment

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ। शुक्रबार बिहान बसेको बोर्डको बैठकले नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो।

राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै भदौ ३० गतेदेखि होम सेन्टरमा कक्षा १२ को परीक्षा लिएको थियो। परीक्षामा सहभागी हुने अधिकांश विद्यार्थीलाई कोभिडविरुद्धको खोप लगाएर स्वास्थ्य मापदण्ड

अपनाउँदै होम सेन्टरमा सञ्चालन भएको थियो।  बोर्डले सात हजार ३६ परीक्षार्थीकोले ‘ए प्लस’ र ४८ हजार २३९ विद्यार्थीले ‘ए’ ग्रेड प्राप्त गर्न सफल भएको जनाएको छ। बोर्डका अनुसार ७० हजार एक परीक्षार्थीले ‘बी प्लस’, ९९ हजार ५३७ ‘बी’, ७५ हजार ८८ ‘सी प्लस’ र २४ हजार ५१५  परीक्षार्थीले ‘सी’ ग्रेड ल्याएका छन्।

Related Articles

Leave a Comment