Home » एमाले विहादी गाउँपालिका अध्यक्षमा कुँवर र सचिवमा पराजुली

एमाले विहादी गाउँपालिका अध्यक्षमा कुँवर र सचिवमा पराजुली

by newnagarikdiary
0 comment

नेकपा एमाले विहादी गाउँपालिका अध्यक्षमा ओम प्रसाद कुँवर विजयी भएका छन् । प्रतिस्पर्धी दुर्गा प्रसाद भुसाललाई १३ मतले पछि पार्दै कुँवर एमाले विहादी गाउँपालिका कमिटि अध्यक्ष बनेका हुन् ।

कुँवरले ८६ मत ल्याई विजयी भए भने भुसालले ७३ मत प्राप्त गरे । १ सय ६४ मतदाता भएता पनि ४ जनाको अनुपस्थिती रह्यो भने एक मत बद भयो । एमाले विहादी गाउँपालिका कमिटिमा अन्य पदमा सर्वसम्मत चयन भएता पनि अध्यक्षमा सहमति हुन नसक्दा लामो समय सम्म नेतृत्व टुंग्याउन गाह्रो भएको थियो । एमाले विहादी अध्यक्षमा तिन जनाको दाबी थियो । अध्यक्षमा दाबी गरेका खोवनाथ ज्ञावली प्रदेश कमिटि सदस्य भए पछि दुई जनाको प्रतिस्पर्धा भएको थियो ।

नेकपा एमाले विहादी गाउँपालिका उपाध्यक्षमा कौशिला सुनार, सचिवमा गणेश पराजुली सर्वसम्मत चयन हुनुभएको छ भने उपसचिवमा खिम थापा र गोकुल ज्ञावली सर्वसम्मत चयन भएका छन् । सदस्यहरुमा किशास बहादुर क्षेत्री, मायादेवी भट्टराई, जित बहादुर नेपाली, काशिराम पराजुली, ओमनाथ पराजुली, जसुदाा बसेल,कृष्ण भटट्, गिता आचार्य, बिना श्रेष्ठ, छविलाल काफ्ले, राजु गिरी, सोमनाथ पौडेल लगाएत ६० जना छन् । विहादी गाउँपालिका कमिटि ७५ सदस्यको हुनेछ ।

Related Articles

Leave a Comment