Home » एमालेका उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुन्छ: प्रदिप ज्ञवाली

एमालेका उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुन्छ: प्रदिप ज्ञवाली

by newnagarikdiary
0 comment

एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नेकपा एमालेका उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने बताएका छन् ।

सत्ता गठबन्धनको तर्फबाट एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने र त्यसमा राष्ट्रिय सहमति कायम गर्न कांग्रेस पनि सहभागी हुन सक्ने धारणा ज्ञवालीको छ ।

राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई पनि कन्भिन्स गर्न सक्ने ज्ञवालीको तर्क छ ।

कांग्रेसले प्रधान्मन्त्रीलाई विश्वासको मत दिएर धमिलो खोलामा माछा मार्न खोजेको बताउँदै पद साट्न र सत्ता मोहको पछि लाग्दा काँग्रेस असल प्रतिपक्ष समेत बन्न नसकेको आरोप उनले लगाए ।

Related Articles

Leave a Comment