Home » आज प्रतिनिधि सभा उपसभामुखको लागि मतदान हुँदै।

आज प्रतिनिधि सभा उपसभामुखको लागि मतदान हुँदै।

by newnagarikdiary
0 comment

आज प्रतिनिधि सभा उपसभामुखको लागि मतदान हुँदैछ ।

प्रतिनिधि सभाको आज बस्ने बैठकले उपसभामुख चयन गर्ने छ | उपसभामुखका लागि २ जनाको उम्मेदवारी परेको छ । उपसभामुखका लागि आज मतदान हुँदै, प्रतिस्पर्धामा इन्दिरा र मुक्ताकुमारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा राना मगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले शुक्रबार नै उपसभामुख पदमा मनोनयन दर्ता गराएका छन् ।

इन्दिरालाई सत्तारुढ दलको समर्थन छ । उनको प्रस्तावकमा रास्वपाकै सोविता गौतम छिन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन छन् ।

मुक्ताकुमारीलाई भने सरकारमा नरहेका दलको समर्थन छ । उनको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले सभामुख र उपसभामुखमा भने प्रतिस्पर्धा गरेको छ ।

Related Articles

Leave a Comment