Home » अात्मदाह गरेका प्रसादले उठाएका विषयमा रविकाे नेतृत्वमा सरकारले छानबिन गर्ने

अात्मदाह गरेका प्रसादले उठाएका विषयमा रविकाे नेतृत्वमा सरकारले छानबिन गर्ने

by newnagarikdiary
0 comment

सरकारले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले अाचार्यले उठान गरेका विषयमा छानबिन गर्न गृह मन्त्रालयलाई जिम्मा दिएको छ । ‘उहाँले उठान गरेको विषय अध्ययन गरेर गृह मन्त्रालयले छानबिन गर्ने र सत्य तथ्य बाहिर आएपछि सरकारले आवश्यक कदम चाल्ने निर्णय भएको छ’ उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले भने ।

गृहले काम समेत सुरू गरेकाे अाचार्यले बताएका छन् |

आचार्यले मंगलबार नयाँ बानेश्वरमा आफ्नै शरीरमा आगो लगाएका थिए । उनको उपचारका क्रममा बुधबार विहान मृत्यु भएको थियो । उनले मृत्यु हुनुअघि फेसबुकमा लामो स्टाटस लेख्दै केही विषयमा छानबिन गर्नुपर्ने बताएका थिए । सरकारले सोही विषयमा छानबिन गर्न लागेको हो ।

गृहमन्त्री लामिछानेले बुधबार नै आचार्यको परिवारसँग भेटेर उनले उठाएका विषयमा छानबिन गर्ने प्रतिवद्धता जनाएका थिए ।

Related Articles

Leave a Comment