Home » अमेरिकि विदेश मन्त्रालयका उपप्रम नेपालमा

अमेरिकि विदेश मन्त्रालयका उपप्रम नेपालमा

by newnagarikdiary
0 comment

अमेरिकी विदेश मन्त्रालयकाे राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्याण्ड आज नेपाल आउने भएकी छन् । दुई दिने भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री विमला राई पौड्यालसहितका नेतासँग राजनीतिक भेटवार्ता कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएकाे छ। नयाँ गठबन्धनको सरकार बनेपछि अमेरिकाबाट हुन लागेकाे याे उच्चस्तरीय भ्रमण हो। केही दिनअघि परराष्ट्रमन्त्री पौड्यालसँगको भेटमा अमेरिकी राजदूत डिन थम्पसनले नुल्याण्डको भ्रमणबारे जानकारी गराएका थिए। लामो कूटनीतिक अनुभव भएकी उनले अमेरिकाका तीन राष्ट्रपतिहरूसँग निकट रहेर काम गरेकी छन्।

Related Articles

Leave a Comment