Home » सिद्धान्तहिन पाँच दलिय गठबन्धनलाई परास्त पार्छौः भुसाल

सिद्धान्तहिन पाँच दलिय गठबन्धनलाई परास्त पार्छौः भुसाल

by newnagarikdiary
0 comment

नेकपा एमाले गण्डकी प्रदेश कमिटिका सदस्य तथा विश्व प्रजातान्त्रिक युवा संगठनका उपाध्यक्ष सुन्दर भुसालले अनुचित र सिद्धान्तहिन बनेको पाँच दलिय गठबन्धनलाई परास्त पार्ने बताउनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल पैयुँ गाउँपालिका पर्वतको अधिवेशन लाई सम्बोधन गर्दै नेता भुसालले एमाले विरुद्ध गठित पाच दलिय गठबन्धनलाई आफुहरुले विलय बनाईदिने बताउनुभयो ।

आगामी निर्वाचनमा एमाले विरुद्ध लड्ने यात्रा तय गरेको पाँच दलिय गठबन्धन लाई मैदानमा समेत आउन नदिई आफुहरुले बिच बाटो मै विलय बनाईदिने बताउनुभयो । केही समयको लागि सरकार टिकाउन मात्र गठित अनुचित तथा विकास विरोधी गठबन्धनलाई युवा संघ

नेपाल एक्लैले ठेगान लगाईदिने चेतावनी समेत दिनुभयो । पाँच दलिय गठबन्धन सँगको लडाईलाई आफुहरुले सामान्य रुपमा लिएको बताउदै भुसालले नेकपा एमाले सँग प्रतिस्पर्धा गर्न सक्ने सामथ्र्य भएको पार्टि नेपालमै नरहेको दाबी गर्नुभयो । पाँच दल मिलेर बनेको गठबन्धन आफुहरुले क्लव जस्तै ठानेको भन्दै आगामी निर्वाचनमा उक्त गठबन्धनलाई विक्षिप्त पारीदिने बताउनुभयो ।

आगामी निर्वाचनमा पाँच दलिय गठबन्ध सँग भिड्नको लागि युवा संघ नेपालले नेतृत्व गर्ने बताउदै भुसालले पार्टीलाई मजबुत बनाउन र आगामी निर्वाचन पछि एमालेको एकल सरकार बनाउन जस्तो सुकै चुनौतीको सामना गर्न तयार रहेको बताउनुभयो । नेता भुसालले युवाहरुलाई समाज र जनताका कामहरु मसिनो गरी गर्न समेत आग्रह गर्नुभयो ।
राष्ट्रिय युवा संघ नेपाल पैयुँ गाउँपालिका पर्वतले अधिवेशनमा शक्ति प्रदर्शन समेत गरेको थियो ।

राष्ट्रिय युवा संघ नेपाल पैयुँ गाउँपालिकाको अधिवेशन बाट लक्ष्मण श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको छ । उपाध्यक्षमा सन्दिप राना र बुद्धि बसेल,सचिबमा उमेश आले, सह–सचिवमा चिन्तामणि न्यौपाने र भागिरथ भट्टराई चयन हुनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल पैयुँ गाउँपालिकाको ५१ सदस्यि कमिटि गठन भएको छ ।

Related Articles

Leave a Comment