Home » सबै पत्रकारको अगुवा संगठन चौतारीको महाधिवेशन पार्टीको लागि महत्वपूर्णः एमाले उपमहासचिव गुरूङ

सबै पत्रकारको अगुवा संगठन चौतारीको महाधिवेशन पार्टीको लागि महत्वपूर्णः एमाले उपमहासचिव गुरूङ

by newnagarikdiary
0 comment

नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरूङले प्रेस चौतारी सबै पत्रकारको अगुवा संगठन भएकाले पार्टीको लागि चौतारीको महाधिवेशन महत्वपूर्ण विषय रहेको बताएका छन् ।

महाधिवेशन तयारीको सन्दर्भमा आयोजित कास्की जिल्ला भेलामा बोल्दै केन्द्रीय प्रचार विभाग प्रमुख एवं प्रेस चौतारी नेपालका इञ्चार्ज समेत रहेका गुरुङले चौतारीको यो महाधिवेशन चुनौती र अवसर दुवै रहेकाले भव्य र सभ्य रुपमा सम्पन्न गर्न आयोजक र स्थानिय व्यवस्थापन टीमलाई सुझाए ।

महाधिवेशनबाट संगठनात्मक अराजकता अन्त्य गर्ने विश्वास मैले लिएको छु । महाधिवेशनले राजनीतिक सन्देश पनि दिनछ । विचार, संगठन र व्यवहारमा प्रेस चौतारी अग्रभागमा रहनेछ । गुरुङले भने – ‘म प्रचार विभाग प्रमुख रहुन्जेल चौतारीसँग निकट रहेर पार्टीको प्रचारप्रसारको काममा सहकार्य हुनेछ । पार्टीको नेतृत्वमा भएका राम्रा कामहरुको चौतारीले प्रचारप्रसार गर्नुपर्नेछ ।’

महाधिवेशन मूल व्यवस्थापन संयोजक गणेश पाण्डेले सबैको साथ र सहयोगले पोखरामा पहिलोपटक हुन लागेको महाधिवेशन सफलतापूर्वक सम्पन्न हुने विश्वास लिए ।

Related Articles

Leave a Comment