Home » सत्तारुढ गठबन्धनमा गृहमन्त्री पदमा विवाद:प्रतिपक्ष गठबन्धन पर्ख र हेर

सत्तारुढ गठबन्धनमा गृहमन्त्री पदमा विवाद:प्रतिपक्ष गठबन्धन पर्ख र हेर

by newnagarikdiary
0 comment

सत्तारुढ गठबन्धनमा गृहमन्त्री पदमा विवाद चुलिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दाबी पुनः पेस गरेपछि सत्तारुढ गठबन्धनमा विवाद चुलिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अदालतबाट लामिछानेको नागरिकताको विषयमा फैसलाको पूर्ण पाठ नआएसम्म र लामिछानेले नेपाली पासपोर्टको दुरुपयोग गरेको बारेको उजुरीमाथि अनुसन्धान जारी रहेका कारण प्रधानमन्त्री प्रचण्ड लामिछानेलाई गृह मन्त्रालयका फर्काउन अनिच्छुक देखिएका हुन् ।

गृहमन्त्री रास्वपाले नपाए प्रधानमन्त्रीलाई अल्टिमेटम दिँदै सरकार छाड्नेसम्मको चेतावनी दिएको छ ।

यता संघीय संसद्मा रहेका प्रतिपक्षी दलहरू भने सत्तारुढ दलमा देखिएको विवादबारे ‘पर्ख र हेर’ को मुडमा रहेको छ । शनिबार बसेको प्रतिपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले गृहमन्त्रीको लफडाबारे अहिले नै बोल्ने बेला नभएको बताएका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले गृहमन्त्रीको बारेमा सरकारमा रहेका दलहरूबीच सैद्धान्तिक र वैचारिक रूपमा विवाद देखिएको र यो विषय संसद्मा पनि विषय उठेको बताए ।

उता लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरले भने गृहमन्त्रीको विषय कानुनले नै हेरिरहेको प्रतिक्रिया दिएका छन् ।

Related Articles

Leave a Comment