Home » विश्वमा प्रत्येक १० सेकेण्डमा एक जना व्यक्तिको मृत्यु रक्सीको कारण

विश्वमा प्रत्येक १० सेकेण्डमा एक जना व्यक्तिको मृत्यु रक्सीको कारण

by newnagarikdiary
0 comment

रक्सी सेवनबाट हुने हानीकारक असरलाई न्युनिकरण गर्न विश्व स्वास्थ्य संगठनले सन् २०१८ मा आफ्ना अन्तराष्ट्रिय साझेदारहरुसंगको सहकार्यमा पाँच वटा हस्तक्षेपकारी रणनीति अघि सार्दै एसएएफईआर (सेफर) इनिसिएटिभ (पहल) सुरु गरेको हो ।
यस्तै रक्सीको विज्ञापन, प्रायोजन र प्रवद्र्धनमा कडा प्रतिवन्ध लगाउने, अन्त शुल्क र मूल्य निर्धारण नीतिहरु मार्फत रक्सीको मूल्य बढाउने विषय पनि यो हस्तक्षेपकारी पहलमा राखिएको छ ।
डब्लुएचओले अघि सारेको यो सेफरलाई नेपाल सरकारले पनि अनुमोदन गरेको छ । रक्सी सम्बन्धी हानिबाट मुक्त देश बनाउने प्रतिवद्धताका साथ अनुमोदन गरेपनि सरकारले त्यसमा उल्लेखित पाँच बुँदाको कार्यान्वयन भने गर्न सकेको छैन् ।
यसैबीच बुधबार राजधानीमा सेफर नेपालले सरोकारवाला पक्षलाई बोलाएर क्षमता अभिबृद्धि सम्वधी कार्यशाला गोष्ठी तथा नीति सम्वादको आयोजना गरयो ।

Related Articles

Leave a Comment