Home » विमान चालक दलका सदस्य, विदेशी नागरिक र काठमाडौ‌ं घर भएकाहरुको शव काठमाडौँ ल्याइने

विमान चालक दलका सदस्य, विदेशी नागरिक र काठमाडौ‌ं घर भएकाहरुको शव काठमाडौँ ल्याइने

by newnagarikdiary
0 comment

पोखरामा विमान दुर्घटनामा परी निधन भएका विमान चालक दलका सदस्य, विदेशी नागरिक र काठमाडौ‌ं घर भएकाहरुको शव काठमाडौँ ल्याइने भएको छ ।

दुर्घटनामा निधन भएकामध्ये पोखराका नागरिकको हकमा पोखरामै पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइनेछ भने काठमाडौं ल्याइने शवको हकमा काठमाडौंमै पोस्टमार्टम गरिनेछ । १९ जनाभन्दा बढीको शब काठमाडौं ल्याउने तयारी रहेको छ ।

माघ १ गते आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको ६९१ उडानको एटीआर ७२ विमान अवतरण हुनुअघि पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलका चार सदस्य र ६८ यात्रु गरी ७२ जना सवार थिए ।

दुर्घटनापछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा गोतखोरकोटोलीसहित उद्दारकार्य जारी छ ।

Related Articles

Leave a Comment