Home » लुम्बिनी प्रदेशका मन्त्रीहरुले लिए शपथ

लुम्बिनी प्रदेशका मन्त्रीहरुले लिए शपथ

by newnagarikdiary
0 comment

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आइतबार प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री र राज्यमन्त्रीहरुलाई शपथ गराएका हुन् ।

नयाँ मन्त्रीहरुको नियुक्तीसँगै प्रदेश सरकार १७ सदस्यीय सरकार बनेको छ । नवनियुक्त मन्त्रीमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा वीरबहादुर राना, वन वातावरण तथा भूसंरक्षण मन्त्रीमा सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा रुपन्देहीका वसिउद्दिन खाँ रहेका छन् ।

त्यस्तै माओवादी केन्द्रबाट स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारु, आन्तरिक मामिला तथा सञ्चारमन्त्री बर्दियाका तिलकराम शर्मा रहेका छन् । त्यस्तै कांग्रेसबाटै ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठ र पर्यटन राज्यमन्त्री रिना नेपाल विक रहेका छन् ।

माओवादी केन्द्रबाट स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वली र कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था राज्यमन्त्रीमा सुष्मा यादवलाई नियुक्त गरिएको छ ।

Related Articles

Leave a Comment