Home » लघु घरेलु तथा साना उद्योगहरुको बजार प्रवद्र्धन गर्न व्यापार मेला आयोजना

लघु घरेलु तथा साना उद्योगहरुको बजार प्रवद्र्धन गर्न व्यापार मेला आयोजना

by newnagarikdiary
0 comment

माधव पराजुली, पोखरा
गण्डकी प्रदेश स्तरिय लघु उद्यमि व्यापार मेला पोखराको लेकसाईडमा शुरु भएको छ । गण्डकी प्रदेशका ११ ओटै जिल्लाका लघु घरेलु तथा साना उद्योगहरुको बजार प्रवद्र्धन तथा विकास गर्ने उद्देश्यका साथ राष्ट्रिय लघु उद्यमि महासघं नेपालले लघु उद्यमि व्यापार मेला आयोजना गरेको हो ।
वर्तमान अवस्थामा लघु, घरेलु तथा साना उद्योगहरु दिन प्रतिदिन धरासायी हुदै गएको यस क्षेत्रले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका उद्योग, व्यवसाय सँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रतिस्पर्धा गर्नुपरेको वर्तमान अवस्थामा यस क्षेत्रको प्रवद्र्धन गर्न मोला आयोजना गरिएको राष्ट्रिय लघु उधमि महासघंका सचिव चन्द्र बहादुर नेपालीले जानकारि दिनुभयो ।
खेर गईरहेका स्थानिय कच्चा पदार्थको सदुपयोग, ग्रामिण भेगको आय स्तर वृद्धिका साथै रोजगारी सिर्जना, स्थानिय सिप,कलाको संरक्षण लघु तथा घरेलु उद्योगहरुको योगदान अतुलनिय रहेको भन्दै यस क्षेत्र बाट उत्पादित वस्तू निर्यात योग्य हुने वैदेशिक बजारमा समेत माग भएकाले यसको प्रवद्र्धनमा लाग्नुपर्ने आजको आवश्यकता रहेकाले मेला आयोजना गरिएको उहाँले बताउनुभयो । स्वदेशी वस्तुको प्रयोग उच्चतम रुपमा गर्न लघु उद्यमि महासघं नेपालले आग्रह गरेको छ ।
मेलामा परम्परागत हस्तकलाका समाग्रीहरु, नेपाली हाते कागज र त्यस बाट बन्ने उत्पादित वस्तु, गलैँचा,राडिपाखी, अल्लो,केरा, भाँगो,केत्तुकी, लोक्ता जुट जस्ता प्राकृतिक रेशा जन्य वन तथा वनस्पति बाट परम्परागत ढंगले प्रशोधन गरि उत्पादन गरिएका सामानहरु,काठ, वेत, निगालो र वाँस बाट बनेका घरयासी सजावटका सामाग्रीहरु, हाते औजार बाट बनेका पश्मिना, ढाका तथा अन्य कपडा बाट बनेका सामाग्रीहरु प्रदर्शनीका लागि राखिएको छ । त्यस्तै तयारी पोशाकका साथै हर्बल, मह, जाम, जुस, सिस्नु पाउडर, लप्सी र अदुवाको क्याण्डीका साथै अर्गानिक खानाका परिकार समेत राखिएको छ ।
लघु उद्यम गरौँ उद्यमी बनौँ उद्यमशिलताको माध्यमबाट गण्डकी प्रदेशलाई समृद्ध बनाऔं भन्ने मुल नाराका साथ विहिबार देखि सञ्चालन भएको मेला २५ गते सम्म चल्ने छ ।

Related Articles

Leave a Comment