Home » रिलायन्स फाइनान्स द्धारा रामेश्वरी मा.वि लाई सहयोग

रिलायन्स फाइनान्स द्धारा रामेश्वरी मा.वि लाई सहयोग

by newnagarikdiary
0 comment

नेपालकै अग्रणि फाइनान्स रिलायन्स फाइनान्सको १२ औ बार्षिक उत्सवको अवसरमा देश भर विभिन्न कार्यक्रम गरि मनएको छ । शनिवार सो अवसरमा संस्थाको सामाजिक उतरदायित्व कार्यक्रम अन्र्तगत पोखरा शाखाले पोखरा १४ मजेरीपाटन स्थित रामेश्वरी मा.वि. लाई खेलकुद तथा शैक्षिक सामाग्रि वितरण गरेको छ ।

सामजिक, आर्थिक रूपले विपन्न गरिब तथा जेहेन्दार बालबालिकाहरुको पठन पाठनमा सहज होस भन्ने उद्देश्यका लागि  विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री तथा विधालयलाई फनिर्चर तथा खेलकुद सामग्रि  वितरण गरिएको पोखरा शाखाका शाखा प्रमुख प्रकाश पौडेलले बताए । पौडेलले नेपाल सरकारले अवलम्बन गरेको ’सुखी नेपाली र सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास  व्यक्त  गरेका छन।

कार्यक्रमा विघालयका प्र.अ पुर्ण दिप सुवेदीले सामुदायीक विद्दालयलाई सहयोग गरेकोमा खुसि प्रकट गदै यस सहयोगले सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका जनजाती, दलित र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुको मनोवल थप उच्च हुने  तथा अब आउने निकट भविष्यमा संस्थाले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्न सुझाव दिएका छन् ।

कार्यक्रमा रिलायन्स फाइनान्स पोखरा शाखाका रिलेसनसिप म्यानेजर सुदिप सापकोटाले कार्यक्रम गर्नुको उधश्यलाई प्रप्ट पादै निकट भविष्यमा विधालयलाई थप सहयोग तथा वित्तिय साक्षरता कार्यक्रम गर्ने जानकारी गराएका छन् । उक्त कार्यक्रमा रिलायन्स फाइनान्सका गणेश सुवदी , विधालयका सहायक प्र.अ दिलसोवा गुरुङ लगाएतले मनतव्य दिएका थिए ।

रिलायन्स फाइनान्सले प्राधान कार्यालय सहित देशभर २१ वटा शाखा कार्यालयबाट विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु लगाएताका बैंकिङ सेवाहरु  प्रधान गर्दै आइरहेको छ ।

Related Articles

Leave a Comment