Home » राष्ट्रिय सभा उपाध्यक्षमा माओवादी उम्मेद्वारलाई कांग्रेसको समर्थन

राष्ट्रिय सभा उपाध्यक्षमा माओवादी उम्मेद्वारलाई कांग्रेसको समर्थन

by newnagarikdiary
0 comment

सत्ता गठबन्धनले माओवादी केन्द्रकी नेतृ उर्मिला अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्षको उम्मेदवार बनाउने भएको छ ।

अर्यालले आज गठबन्धनको तर्फबाट उम्मेद्वारी दिने भएसंगै नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पदमा उम्मेदवारी नदिने भएको छ । कांग्रेसले नेकपा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याललाई समर्थन गर्ने निर्णय गरेको छ । राष्ट्रिय सभा उपाध्यक्ष पदको उम्मेदवारबारे छलफल गर्न आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा संसदीय समितिको बैठक बसेको थियो । बैठकपछि कांग्रेसका प्रमुख सचेतक एवम् संसदीय समितिका पदेन सदस्य रमेश लेखकले राष्ट्रिय सभा उपाध्यक्ष पदमा उम्मेदवारी नदिने निर्णय भएको बताउनुभएको छ । राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । भोलि सोमबार निर्वाचन हुनेछ ।

लामो समयसम्म नेकपा एमालेमा रहनुभएकी अर्याल दोस्रो संविधान सभा निर्वाचनअघि माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो । राष्ट्रिय सभामा उनी मधेस प्रदेशबाट सदस्य निर्वाचित भएकी हुनुभएको हो । सभामुख उपसभामुखमा अन्य सत्ता घटक दलका उम्मेद्वार संग प्रतिस्पर्धा गरेको कांग्रेसले माओवादीको उम्मेद्वालाई भने समर्थन गर्ने भएको छ ।

Related Articles

Leave a Comment