Home » राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ तीन दिनसम्म मनाइने केके हुँदैछन कार्यक्रम

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ तीन दिनसम्म मनाइने केके हुँदैछन कार्यक्रम

by newnagarikdiary
0 comment

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ तीन दिनसम्म मनाइने केके हुँदैछन कार्यक्रम भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सबै आयोग, विभाग, प्रतिष्ठान, जिल्ला समन्वय समिति र स्थानीय तहलाई प्रजातन्त्र दिवस तीन दिनसम्म मनाउन पत्राचार गरेको छ ।

यही फागुन ६, ७ र ८ गते तीन दिनसम्म भव्यताका साथ मनाउने सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र दिवस २०७९ मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा गत माघ २४ गते बसेको बैठकबाट पारित कार्यक्रम मुताबिक विभिन्न कार्यक्रम गरी मनाउन सामान्य प्रशासन मन्त्रालयले पत्राचार गरेको छ ।

प्रजातन्त्र दिवस मनाउन सबै प्रदेशका मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेशस्तरीय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन गर्न पनि परिपत्र गरिएको छ ।

सञ्चारमाध्यमबाट राष्ट्रिय प्रजातन्त्र दिवससँग सम्बन्धित सन्देशमूलक कार्यक्रम प्रकाशित तथा प्रसारित गर्ने र दिवस केन्द्रित सांस्कृतिक, साहित्यिक, शैक्षिक क्षेत्रसम्बद्ध सृजनात्मक तथा रचनात्मक प्रतियोगिताका कार्यक्रम आयोजना गर्न पनि परिपत्र गरिएको छ ।

Related Articles

Leave a Comment