Home » राम्चे डाँडा टोल सुधार समितिमा गुरुङ

राम्चे डाँडा टोल सुधार समितिमा गुरुङ

by newnagarikdiary
0 comment

जेठ २५ स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं १ स्थित राम्चेडाँडा टोल सुधार समितिको अध्यक्षमा टंक बहादुर गुरुङ (आचम) चयन भएका छन् ।

बुधबार भएको समितिको भेलाले गुरुङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

भेलाले समितिको उपाध्यक्षमा दानजंग गुरुङ, सचिवमा बिजय सुनार र कोषाध्यक्षमा भिमकुमारी गुरुङलाई चयन गरेको छ ।

यस्तै समितिको सदस्यमा सारा सुनार, विष्णुमाया वि.क, भिम बहादुर गुरुङ, टिकाराम बि.क, सन्त कुमारी गुरुङ, चन्द्रवती वि.क र सन्जिता वि.क चयन भएका छन् ।

यसअघि, वडाध्यक्ष अमृत क्षेत्रीले कार्यक्रमको उद्घाटन गरेका थिए । समितिका निवर्तमान अध्यक्ष भीमकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान कार्यपालिका सदस्य खगीकुमारी गुरुङ, वडा सदस्य तुलसी सुवेदी, खिम बहादुर कुँवर, पूर्व जनप्रतिनिधि आनबहादुर गुरुङ लगायतले नयाँ चयन भएको नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

भेलाले यसअगाडी ‘साकुरा टोल सुधार समिति’ नाम रहेको सो समितिलाई परिवर्तन गर्दै राम्चे डाँडा टोल सुधार समिति नामाकरण गर्ने निर्णय पनि गरेको जनाइएको छ ।

Related Articles

Leave a Comment