Home » रविले भने म चुप आजसम्म मात्रै छु- अब केही बोल्छु

रविले भने म चुप आजसम्म मात्रै छु- अब केही बोल्छु

by newnagarikdiary
0 comment

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि भएको बताउनुभएको छ ।

सामाजिक सञ्जालमा निर्वतमान गृह मन्त्री लामिछानेले आफू अभिमन्यु नभएको जिकिर गर्दै अब भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए प्रतिक्रिया तुरुन्तै दिन लामिछानेको आग्रह छ । लामिछानेले आफ्नो मौनता आज सम्मका लागि मात्रै भएको बताउनुभएको छ ।

लमिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो । त्यससँगै लामिछाने उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको पदबाट पनि मुक्त हुनुभएको थियो । आइतबार पुनः नागरिकता लिनुभएका लमिछानेले गृह मन्त्रालयमै दाबी गर्दै आउनुभएको छ । सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि गृह मन्त्रालय रास्वपालाई नै दिनुपर्ने दबाब प्रधानमन्त्रीलाई दिनुभएको छ । तर प्रधानमन्त्री पुष्पकमल दाहालले भने तत्काल गृह मन्त्रालय रास्वपालाई नदिने पक्षमा हुनुहुन्छ । रास्वपाले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

Related Articles

Leave a Comment