Home » युनाईटेड क्लवको १२ औ वार्षिकोत्सव सम्पन्न, सेती खोंचमा शाहसीक पर्यटकीय गन्तब्य निर्माणमा पहलकदमी थाल्ने

युनाईटेड क्लवको १२ औ वार्षिकोत्सव सम्पन्न, सेती खोंचमा शाहसीक पर्यटकीय गन्तब्य निर्माणमा पहलकदमी थाल्ने

by newnagarikdiary
0 comment

वैशाख ७ पोखरा । पर्यटकीय शहर पोखरामा खुल्ला चिडियाखान निर्माणको अवधारणा बोकेर वि. सं २०६७ सालदेखी पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गर्दै आएको युनाईटेड क्लव वैशाख ७ गतेदेखी १२ औं वर्षमा प्रवेश गरेको छ ।

पोखरामा नया पर्यटकीय गन्तब्य खुल्ला चिडियाखाना निर्माणको अवधारणा अगाडी सारेर हिडेको युनाईटेड क्लवको पहलमा पोखरामा खुल्ला चिडियाखान निर्माण समेत सुरु भइसकेको छ । पोखराको लेखनाथ स्थित पचभैया क्षेत्रमा युनाईटेड क्लवको पहलमा त्यहाका विभिन्न सामुदायिक बनहरुलाई समेटेर चिडियाखाना निर्माण जारी रहेको छ । हाल उक्त चिडियाखानाको निर्माणको जिम्मा गण्डकी प्रदेश सरकार अन्तर्गत रहेर जिल्ला बन कार्यालयलाई दिइएको छ ।

चिडियाखानामात्र नभई स्थापना कालदेखीनै शिक्षा, स्वास्थ्य खेलकुद, दैवी प्रकोपमा परेकालाई सहयोग र सेती नदी संरक्षणमा क्लवले काम गर्दै आइरहेको छ । यस अघिपनि युनाईटेड क्लवले सेती नदी संरक्षणकै लागी लाखौ रकम खर्च गरिसेको छ । क्लवले हाल सम्म चिडियाखाना निर्माणको लागी पोखरा महोत्सवकै आयोजना गरी ५८ लाख ८० हजार नगद रकम खर्च गरिसकेको छनभने सेती नदीको सेती पुलमुनीको खोंच सरसफाइ र उक्त क्षेत्रमा फोहोर नहोस र दुर्घटना हुंदा सजिलै पत्ता लगाउनका लागी सीसी क्यामेरा समेत जडान गरेर ६ लाख वढी रकम खर्च गरिसकेको छ ।

क्लवको पहलकदमीमा चिडियाखानाले पूर्णता पाउदै गर्दा अवको मुख्य उद्देश्य सेती खोंचमा साहसीक पर्यटकीय गन्तब्य निर्माणका लागी पहलकदमी थालेर अगाडी वढ्ने युनाईटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले वताए । क्लवले १२ औं वार्षिकोत्सवमा आयोजना गरेको कार्यक्रममा वोल्दै संस्थापक अध्यक्ष बख्रेलले युनाईटेड क्लवले स्थापना कालदेखी उठाउदै आएको चिडियाखाना निर्माणको स्वामित्व अव प्रदेश सरकारले ग्रहण गरिसकेकाले चिडियाखाना निर्माण हुनेमा आफुहरु ढुक्क रहेकाले क्लवले अव चिडियाखानालाई थाती राखेर पोखराको बीच भागबाट बग्ने सेती नदीलाई एक शाहसीक पर्यटकीय गन्तब्य निर्माण गर्नका लागी पहलकदमी थालिसकेको समेत वताए । विभिन्न विज्ञहरु, भुगोल विद हरु संग र सरोकारवाला निकायहरु संग समेत छलफल सुरु गरिसेकाले अवको अर्को महत्वपूर्ण काम भनेको सेती खोंचमा शाहसीक पर्यटकीय गन्तब्य निर्माणमा पहल गर्नुनै क्लवको मुख्य उद्देश्य रहेको उनी वताउछन ।

त्यसो त क्लवका निवर्तमान अध्यक्ष लालकाजी गुरुङले युनाईटेड क्लवले कोरोना महामारीका कारण स्थापना कालदेखीनै पोखरामा महोत्सवको आयोजना गर्दै आइरहेको भएतापनि अघिल्लो वर्षदेखी महोत्सवको आयोजना गर्न नसक्दा सोचेजस्तो रुपमा सामाजिक क्रियाकलापमा खर्च गर्न नसकेको वताए । क्लवले महोत्सव आयोजना गरेर आजको दिन सम्म शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन, सेती नदी संरक्षण र दैवी प्रकोपमा खर्च गर्दै आइरहेको र अघिल्लो वर्ष लेखनाथमा ५ रोपनी जग्गा किनेर शिक्षा सम्वन्धी काम गर्नका लागी गुरुयोजना समेत अगाडी वढाइरहदा कोरोनाले गर्दा उक्त काम थाती रहेकाले अवका दिनमा त्यसलाई समेत निरन्तरता दिएर समाजमा विपन्न अवस्थाका परिवारका वालवालिकाका लागी प्राविधिक शिक्षा सञ्चालन गर्ने आफुहरुको उद्देश्य रहेको वताए ।

क्लवका सल्लाहकार लिलाधर अधिकारीले युनाइटेड क्लवले युवाहरुलाई सत्मार्गमा लाग्न अभिप्रेरित गरेको वताए । युवाहरुलाई कुलतमा नफसि सामाजिक काममा लाग्न उर्जा समेत प्रदान गर्दै विपन्न वालवालिकालाई शैक्षिक सामाग्रिहरु समेत प्रदान गरि शिक्षामा सवैको पहुँच पु¥याउन क्लवले सहयोग गरेको उनको भनाइ रहेको थियो । युनाइटेड क्लवका सल्लाहकार तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेटर तीर्थलाल श्रेष्ठले युनाईटेड क्लवको सहयोगबाट प्रदान भएको डस्विनका कारण स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सरसरफाईमा नया आयाम थपिएको वताए । क्लवले आयोजना गर्ने स्वास्थ्य शिविरमा चिकित्सकको व्यवस्था गर्ने समेत उनले प्रतिवद्धता जनाए ।

युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष सुक बहादुर गुरुङ लगायतले वोलेका थिएभने क्लवको महासचिव शान्त बहादुर थापाले सञ्चालन गरेको कार्यक्रममा क्लवका द्धितिय उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेका थिए ।

Related Articles

Leave a Comment