Home » यी हुन राष्ट्रिय सभा निर्वाचनका लागि एमाले गण्डकी कमिटीले सिफारिस गरेका उम्मेदवारहरु

यी हुन राष्ट्रिय सभा निर्वाचनका लागि एमाले गण्डकी कमिटीले सिफारिस गरेका उम्मेदवारहरु

by newnagarikdiary
0 comment

आगामी माघ १२ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमाले गण्डकी प्रदेश कमिटीले नौ जना उम्मेदवारको नाम केन्द्रिय कमिटिमा पठाएको छ । राष्ट्रिय सभा निर्वाचनका लागि आवश्यक ३ जना उम्मेदवार भएता पनि प्रदेश कमिटीले ९ जनाको नाम पार्टी केन्द्रलाई सिफारिस गरेको हो । राष्ट्रिय सभा निर्वाचनका लागि २० गते मनोनयन दर्ता गराउनुपर्नेछ कार्यतालिका छ ।
एमाले गण्डकी प्रदेशले दलिततर्फ बाट बागलुङका गोविन्दबहादुर नेपाली, गोरखाका कृष्ण नेपाली र मनाङकी शान्तिमाया परियारलाई सिफारिस गरेको छ भने महिला क्लस्टरका लागि कास्कीकी मीनाकुमारी गुरुङ, गोरखाकी सम्झना देवकोटा र नवलपुरकी लीला थारु थन्नेतलाई सिफारि गरेको छ । खुलाका लागि कास्कीका पुण्यप्रसाद पौडेल, बागलुङका दिलबहादुर थापा र गोरखाका प्रेम गुरुङ सिफारिस हुनुभएको छ ।

Related Articles

Leave a Comment