Home » यस्तो छ श्रेष्ठले पेश गरेको नेपाल निजामति कर्मचारी युनियन कास्कीको अध्यक्षमा जिताउनुपर्ने कारणहरु

यस्तो छ श्रेष्ठले पेश गरेको नेपाल निजामति कर्मचारी युनियन कास्कीको अध्यक्षमा जिताउनुपर्ने कारणहरु

by newnagarikdiary
0 comment

नेपाल निजामति कर्मचारी युनियन, कास्कीको अध्यक्षमा सुरेश कुमार श्रेष्ठले आफ्नो उम्मेदवारी दिने घोषणा गरेका छन् । नयाँ नेतृत्वको लागि पौष २३ नेपाल निजामति कर्मचारी युनियन, कास्कीको ८ औ जिल्ला अधिवेशन हुदैछ ।

निजामति कर्मचारी युनियन, कास्कीको ८ औ जिल्ला अधिवेशनबाट नेतृत्व रुपान्तरण र पुष्तान्तरण संगै युवा र ईच्छुक लगनशिल श्रृजनशिल जुझारु नेतृत्व चयन गरि युनियनमय बनाउनको लागी आफुलाई अध्यक्ष पदमा विजयी गराउन पनि उनले आव्हान गरेका छन् । उनले माया स्नेह र अमूल्य मत आफुलाई प्रदान गरि अत्यधिक मतका साथ बिजय गराउन अपिल गरेका छन् ।
“ राष्ट्र सेवा निष्पक्षता,तटस्थता र कर्मचारी एकता हाम्रो पहिचान, कर्मचारीहरुको दुःख सुख र समस्याहरुमा सहभागिता हाम्रो अभियान भन्ने मुल नाराका साथ निजामति कर्मचारी युनियन, कास्कीको ८ औ जिल्ला अधिवेशन हुन लागेको हो ।

अध्यक्ष पदका उम्मेदवार श्रेष्ठले आफुलाई जिल्ला अध्यक्षमा विजयी गराउने कारणहरु पनि पेश गरेका छन् । यस्तो उनलाई अध्यक्ष जिताउनुपर्ने कारणहरु
१ सबल र सक्षम संगठनको निर्माण गर्न ।
२ प्रजातान्त्रीक विचारमा आवद्ध सबै प्रकारका संघ सस्थाहरु र पार्टीसंग समन्वय राखी सु सम्बन्ध कायम गर्न ।
३ कास्की जिल्लामा रहेका सबै कार्यालयहरुमा पुगि कार्यरत कर्मचारीहरुको समस्याहरुको लेखा जोखा गरि समस्याको समाधान गर्न ।
४ ब्यक्तिगत स्वार्थ भन्दा माथी उठेर सरुवा बढुवामा परेको पिर मार्काहरुलाई सरकार र सरोकारवाला निकायहरुमा जोडदार माग राखि समन्वय कारी भुमिका निर्बाह गर्न ।
५ निर्बाचित भए पछी नयां वर्षमा कर्मचारी युनियन कास्कीको युनियन भित्ते पात्रो बनाई कार्यालय कार्यालयहरुमा पुर्याउन ।
६ कर्मचारी युनियनको विवरणहरु सहितको युनियन डायरी छपाई गरि प्रत्येक कार्यालयहरु र साथीहरुको हात हातमा पुरयाउन।
७ कर्मचारी युनियनमा लोकतान्त्रिक मूल्य र मान्यता स्थापित गर्न ।
८ गुटगत भावनाको अन्त्य गरि क्षमता र विचारको आदान प्रदान गर्न ।
९ अग्रजहरुको सम्मान गर्दै युनियनलाई कृयाशिल बनाउन ।
१० युनियनद्धारा संचालित कर्मचारी सहकारीको माध्यमद्धारा आर्थिक सुढृढ गराई आर्थिक उपजको सवलिकरण गर्न
११ युनियनको विधान र कार्यक्रमहरुमा समर्पित गराई कर्मचारीहरुको सुख र दुःखमा सहभागिता जनाई युनियन मै बनाउन ।
१२ कास्कीमा कर्मचारी युनियनलाई निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनको निर्वाचनमा पहिलो बनाउन
१३ कर्मचारी युनियनलाई मजबुत संगठन बिस्तार गर्दै कर्मचारीहरुलाई कास्की युनियन प्रति आकर्षण बढाउन ।
१४ युनियनभित्र रहेको कमि कम्जोरीहरुलाई सुधार गर्दै संगठित युनियनको निर्माण गर्न ।
१५ कर्मचारीहरुको पिर, मर्का, समस्याहरुको समाधानको लागि पहल गरि समाधान गर्न साथै आम कर्मचारीहरुको हक हितको पक्षमा वकालत गर्न ।
१६ सरकार संग सामाजिक सहकार्य र सामुहिक सौदावाजी गर्न ।
१७ वर्तमान अवस्थामा कर्मचारी युनियन कास्कीको सामु कोईशनै कोईशन मात्र तेर्सिएको अवस्थामा मलाई अध्यक्षमा बिजय गराउनु भयो भने उतरैउत्तरको कोशेली बोकेर यहाहरु समक्ष प्रस्तुत हुन ।

 

Related Articles

Leave a Comment