Home » माछापुच्छ्रेमा माओवादी उम्मेदवार : मत माग्दै, जनताका गुनासा सुन्दै

माछापुच्छ्रेमा माओवादी उम्मेदवार : मत माग्दै, जनताका गुनासा सुन्दै

by newnagarikdiary
0 comment

वैशाख २३ पोखरा । नेकपा (माओवादी केन्द्र) ले स्थानीय तह निर्वाचनमा कास्कीको माछापुच्छ्रे गाउँपालिकाको उपाध्यक्षमा विद्यार्थी नेतृ प्रविणा अधिकारीलाई उम्मेदवार बनाएको छ ।

सानै उमेरदेखी अखिल क्रान्तिकारीमा आवद्ध भएर माओवादी आन्दोलनमा जोडिनुभएकी अधिकारी यसअघिको निर्वाचनमा अध्यक्षको उम्मेदवार भएपनि यसपटक उपाध्क्षमा भिड्दै छन् ।

उपाध्यक्षका प्रत्याशी अधिकारी अहिले चुनावी अभियानमा माछापुच्छ्रे विभिन्न वडामा घरदैलो अभियानमा हुनुहु्न्छ । धम्पुस, धिताल र घाचोकका घरदैलोका क्रममा जनताबाट अपार समर्थन प्राप्त भएकाले यसपटक आफू विजयी हुने उनले विश्वास व्यक्त गरिन् । घरदैलोका क्रममा अधिकारीले मत माग्दै जनताका गुनासाहरु सुन्ने र समाधानको प्रविवद्धता व्यक्त गर्दै आउनुभएको छ । उनले भनिन्,“जनताले अहिले परिर्वतन चाहेका छन् । यसअघिको माछापुच्छ्रेको नेतृत्व असफल भएकाले माओवादीको विकल्प छैन ।”

युवाहरुको साथ सहयोग र क्षमताको परिचालन गरेर किसान, मजदुर, ज्येष्ठ नागरिक, आमा दिदी बहिनीहरुको सेवा गर्ने आफ्नो योजना रहेको अधिकारीले सुनाइन् । माछापुच्छ्रेका नौ वटै वडाको समानुपातिक विकास आफ्नो प्रमुख चुनावी प्रतिवद्धता रहेको उनले बताइन् ।

माओवादी केन्द्रले माछापुच्छ्रेका अधिकाँस वडामा एकल उम्मेदवारी दिएको छ । धम्पुस र धिताललाई माओवादीले जित्ने वडामा राखेको छ ।
वडा नं ७ धम्पुसमा माओवादीबाट बैकुण्ठ प्रसाद भण्डारी अध्यक्षको उम्मेदवार छन् । महिला सदस्यमा कल्पना भण्डारी, दलित सदस्य लक्ष्मी विक र खुला सदस्यमा प्रेम विश्वकर्मा र रामचन्द्र भण्डारी उम्मेदवार रहेका छन् ।

धितालमा पूर्णभद्र गौतम माओवादीबाट वडाध्यक्षको प्रत्याशी छन् । महिला सदस्य सीता अधिकारी, दलित सदस्य बसन्ती नेपाली र खुला सदस्य बबिनराज अधिकारी र रामबहादुर नेपाली सदस्य छन्। धिताल र धम्पुसका विभिन्न वडामा घरदैलो जारी रहेको माओवादीले जनाएको छ ।
त्यसैगरी वडा नं २ को सार्दिखोलामा श्री घले वडाध्यक्षको उम्मेदवार छन् । खुला सदस्यहरुमा पुष्पराज गौतम, विक्रम नेपाली, दलित महिला सदस्य शर्मिला विक र खुला महिला सदस्य पूर्णिमा तामाङ छन्। वडा नं ४ लाहाचोकमा माओवादीले चिरञ्जिवि अधिकारीलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ ।

Related Articles

Leave a Comment