Home » महेन्द्र माध्यामिक विद्यालयमा वृक्षारोपण

महेन्द्र माध्यामिक विद्यालयमा वृक्षारोपण

by newnagarikdiary
0 comment

जेठ २४ पोखरा । महेन्द्र माध्यमिक विद्यायल पोखरा २० भलामको आयोजनामा विश्व वातावरण दिवसको अवसरमा विद्यालयको खाली रहेको जमिनमा बृक्षारोपण गरेका छन् ।

बाली विज्ञान विषय अध्ययनरत विद्यार्थीहरु, शिक्षक, विद्यालय व्यवस्थापन समितिको सकृयतामा कारितास नेपाल फिल्ड कार्यालय कास्की, फलफूल नर्सरी व्यवसाय संघ कास्की, गोल्डेन नर्सरीको सहकार्यमा बृक्षारोपण गरेका हुन् ।

विद्यार्थीहरुले एभोकाडो, ओखर, धुपी, कपुर, निमका विरुवा र सुन्तला, केरा, अनार, आँपका फलफूल आदिका विरुवा बृक्षारोपण गरेको हो ।

फलफूल नर्सरी व्यवसाय संघ कास्कीका अध्यक्ष दिल बहादुर गुरुङ्ग कारितास नेपाल फिल्ड कार्यालयका कार्यलय प्रमुख शोभा आचार्य, फलफूल नर्सरी व्यवसाय संघ कास्कीका उपाध्यक्ष दया कुमार दुवा, महेन्द्र माध्यामिक विद्यालयका कृषि प्रशिक्षक सन्तोष अधिकारी लगाएतले विरुवा रोप्नु मात्रै ठुलो काम नभएको भन्दै संरक्षण गर्नु पर्नेमा जोड दिए ।

Related Articles

Leave a Comment