Home » भोलीका सबै औपचारिक कार्यक्रम स्थगीत: रवि लामिछाने

भोलीका सबै औपचारिक कार्यक्रम स्थगीत: रवि लामिछाने

by newnagarikdiary
0 comment

गृह मन्त्री रवि लमिछानेले विमान दुर्घटनाप्रति गहिरो दु:ख व्यक्त गर्दै खोजी तथा उद्धार कार्यका लागि सबै सुरक्षा निकायसहित सरकारी संयन्त्रहरु परिचालन गरिएको जानकारी गराएका छन् ।

गृह मन्त्री लामिछानेले पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाप्रति गहिरो दु:ख व्यक्त गर्दै खोजी तथा उद्धार कार्यका लागि सबै सुरक्षा निकायसहित सरकारी संयन्त्रहरु परिचालन गरिएको जानकारी गराएका छन् ।

दुर्घटनास्थलबाट केहि शवहरु निकालिएका छन भने थप उद्धारको कार्य जारी रहेको बताउँदै मन्त्री लामिछानेले यस अवस्थामा आफू र सम्माननीय प्रधानमन्त्री ज्यु त्यहाँ पुग्दा उद्धार कार्य झन प्रभावि हुने बताउँदै आफूहरु तत्कालका लागि त्यहाँ नजाने निर्णय गरेको बताएका छन् । काठमाडौँबाट लिनु पर्ने निर्णय र उद्धार लगायतका प्रतिकार्यमा कुनै कसर बाँकी नरहनेगरि आफूहरु जुटिरहेको लामिछानेले बताएका छन् । साथै यस शोकको घडीमा भोलीका लागि तय भएका सबै औपचारिक तथा सार्वजनिक कार्यक्रमहरु स्थगित गरिएको लामिछानेले बताएका छन् ।

Related Articles

Leave a Comment