Home » बेमौसमी वर्षाले गण्डकी प्रदेशमा ३ हजार ३५ मेट्रिकटन भन्दा बढी धानमा क्षेती

बेमौसमी वर्षाले गण्डकी प्रदेशमा ३ हजार ३५ मेट्रिकटन भन्दा बढी धानमा क्षेती

by newnagarikdiary
0 comment

माधव पराजुली, पोखरा

बेमौसमी वर्षाले गण्डकी प्रदेशमा ८७ लाख ५५ हजार ३ सय ९८ रुपैयाँ बराबरको धानबालीमा क्षेती पु¥याएको छ । १ लाख १७ हजार १ सय ३९ हेक्टर क्षेत्रफलमा लगाइएको ३ हजार ३५ मेट्रिकटन भन्दा बढी धान बर्षातका कारण क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

कृषि विकास निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा झरी बर्षा र हावाहुरीको कारण ८ सय ४३ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली पुर्ण रुपमा नोक्सानी भएको छ भने ७ हजार १ सय १२ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा आंशिक नोक्सानी गरेको छ । बेमौसमी वर्षाले गण्डकी प्रदेशका, पर्वत, तनहुँ, कास्की र बाग्लुङ जिल्लामा धेरै असर गरेको छ ।

निरन्तरको वर्षाले भित्र्याउने बेला भएको धानबालीमा क्षेति पुर्याएको हो । थन्काउने बेलामा आएको पानीले धानबालीमा ठुलो क्षेती हुदाँ कृषकहरु नीकै चिन्तित बनेका छन् । गण्डकी प्रदेशमा २ हजार ३ सय ७८ हेक्टर क्षेत्रफलमा लगाइएको धान भने भित्र्याई सकिएको छ । गण्डकी प्रदेशका ११ जिल्ला मध्ये मनाङ र मुस्ताङमा भने धान खेती हुँदैन ।

गण्डकी प्रदेशका किसानले जेठो बुढो, एक्ले, गौरीया रामधान, लोकतन्त्र, मन्सुली, खुमल समूह, गुडुरा लगायतका स्थानीय जातका धान रोप्दै आएका छन् भने हाइब्रिड धान तर्फ किसानले च्याप्यिन, हर्दिनाथ,४४४५ लगायतका धान लगाउदै आएका छन् ।

 

Related Articles

Leave a Comment