Home » फेन्सिङ प्रशिक्षक रेखमाया गुरुङको विदाई

फेन्सिङ प्रशिक्षक रेखमाया गुरुङको विदाई

by newnagarikdiary
0 comment

जेठ २४ पोखरा । मे ९ देखि ३० जुनसम्म भारतको पटियालामा हुने फेन्सिङ प्रशिक्षण तालिममा सहभागी हुन लाग्नु भएकी फेन्सिङ खेलकी प्रशिक्षक रेखमाया गुरुङलाई फेन्सिङ संघ कास्कीले विदाई गरेको छ ।

मंगलबार आयोजित शुभकामना विदाई कार्यक्रममा जिल्ला फेन्सिङ संघ कास्कीका अध्यक्ष विजय शाही, सल्लाहकार कृष्ण रानाभाट, वरिष्ठ उपाध्यक्ष राम गुरुङ, उपाध्यक्ष छवि गुरुङ, सचिव सन्दिप वराल, सदस्य चिजा गुरुङले खादा लगाएर तालिम सफलता पुर्वक गर्न शुभकामना व्यक्त गरेका थिए ।

फेन्सिङ संघ नेपालकी केन्द्रिय सदस्य समेत रहनु भएकी गुरुङ भारतको पटियालामा रहेको नेताजी सुभाष नेशनल इन्स्टीच्युट अफ स्पोटर््समा ६ हप्ता लामो सर्टिफिकेट कोर्स अफ स्पोटर््स कोचिङमा फेन्सीङ खेलको प्रशिक्षण लिने वताईएको छ ।

उक्त प्रशिक्षण कार्यक्रममा फेन्सिङ लगाएत २८ खेलहरुका प्रशिक्षकहरुलाई तालिम प्रदान गरिन्छ । नेपालबाट उक्त फेन्सीङ खेलको कोर्सको प्रशिक्षण लिन रेखमाया गुरुङ सहित एपिएफका फेन्सिङ प्रशिक्षक सुभाष आचार्य पनि सहभागी हुने छन् ।

Related Articles

Leave a Comment