Home » प्रधानमन्त्री पुष्पकमल दाहाल केपी शर्मा ओलीलाई भेट्न ओलि निवास वालकोटमा

प्रधानमन्त्री पुष्पकमल दाहाल केपी शर्मा ओलीलाई भेट्न ओलि निवास वालकोटमा

by newnagarikdiary
0 comment

प्रधानमन्त्री पुष्पकमल दाहाल केपी शर्मा ओलीलाई भेट्न ओलि निवास वालकोट पुगेका छन् ।

दुई नेताबीच भेटवार्ता जारी छ । आजको भेटमा मुख्यत सभामुखबारे छलफल रहेको नेताहरुले बताएका छन् । सभामुखको निर्वाचनका लागि मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक हुँदैछ । बिहीबार सभामुखको निर्वाचन नै हुने तय भएको छ । जारी भेटमा मन्त्रिपरिषदको भागवण्डा मिले मन्त्रिपरिषद विस्तार गर्ने र सभामुखको विषयमाथिको छलफललाई अन्तिम रुप दिने दुई नेताको तयारी छ ।

त्यस अगावै संघीय सरकारलाई पूर्णता दिने तयारी पनि प्रधानमन्त्री प्रचण्डको छ । मंगलबार प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिने १० वटै दलको बैठक राखेका छन् ।

Related Articles

Leave a Comment