Home » पोखरामा खाल्डो खन्दा र इनारमा डुबेर दुई जनाको मृत्यु

पोखरामा खाल्डो खन्दा र इनारमा डुबेर दुई जनाको मृत्यु

by newnagarikdiary
0 comment

पोखरा । पोखरामा दुई छुट्टा–छुट्टै घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।  पोखरा वडा नं. ११ काहुँडाडा लामिछाने थरस्थित निर्माणाधीन घरको जगको खाल्डोमा सोलिङ गर्ने क्रममा बिहान १० बजे खाल्डोको भित्ता भत्किँदा घाइते भएका आईतीमाया थोकरको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सिन्धुली ठुला गाउँ घर भई हाल पोखरा–११ फूलबारी डेरा गरी बस्ने ४१ बर्षीया आईतीमायाको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

त्यसैगरी पोखरा वडा नं ३१ बेगनास बसपार्कस्थित पानीको इनारमा परेर अन्दाजी २२ वर्षीय राजु लामिछाने मृत अवस्थामा भेटिएको प्रवक्ता सुवास हमालले जानकारी दिनु भयो ।

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ३ भदौरे देउराली बस्ने लामिछाने मृत अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेको हमालले बताउनु भयो ।

Related Articles

Leave a Comment