Home » पोखराको मझेरीबाट ८ जुवाडे पक्राउ

पोखराको मझेरीबाट ८ जुवाडे पक्राउ

by newnagarikdiary
0 comment

पोखरा ।पोखरामा तास खेलिरहेका ८ जनालाई प्रहरी पक्राउ गरेको छ । पोखरा महानगरपालिका४ कालिमाटीचोकस्थित मझेरी खाजाघरबाट उनीहरुलाई प्रहरीले मंगलबार राती ८ बजे पक्राउ गरेको हो ।

 

जुवा तास खेलिरहेको गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले नगद १ लाख ४ हजार ३६० रुपैयाँ , ३ बुक तास सहित उनीहरुलाई पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

 

यस्तै, प्रहरीले गएराती नवलपरासी पूर्वको देवचुली नगरपालिका–१२ बाट ७ जनालाई नियन्त्रणमा लिएको छ ।

गैडीको एक घरमा जुवा तास खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले गयराती ११ बजे नगद ९७ हजार ३१०, २ बुक तास सहित उनीहरुलाई नियन्त्रणमा लिएको जनाइएको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालप पोखराका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।

 

Related Articles

Leave a Comment