Home » पोखराको अर्को पर्यटकिय गन्तव्यः महादेवको विशाल मूर्ति, मुर्ती हेर्न पुग्नेको भिड

पोखराको अर्को पर्यटकिय गन्तव्यः महादेवको विशाल मूर्ति, मुर्ती हेर्न पुग्नेको भिड

by newnagarikdiary
0 comment

पोखराको पुम्दीभुम्दीमा विशाल महादेवको मूर्ति हेर्न पुग्नेको संख्या पछिल्लो समय ह्वाते बढेको छ । यतिबेला महादेवको मूर्ति हेर्न आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । यो ठाउँ पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइँमा पर्दै आएको छ । काठमाडौँ बाट पोखरा घुम्न आएका प्रदिप घिमिरेलाई यस महादेवको मुर्ती र यस स्थान बाट देखिने दृश्यले मन त ल्योभ्यो र फेरी आउने गरायो । यहाँ शैक्षिक भ्रमण गर्न आउने विद्यार्थीहरुको संख्या पनि उत्तिकै बढेको छ ।


पोखरा–२२ पुम्दीभुम्दीको पुम्दीकोटमा बिशाल महादेवको मूर्ति खडा गरिएको छ । एक वर्षअघि जडान गरिएको मूर्ति परिसरभित्रको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । बाकीँ काम भईरहेको छ ।

धार्मिक या घुम्न आउने पर्यटकको लागि जुनसुकै बेला पनि उक्त स्थान खुल्ला गरिए पछि हिजो आज यहाँ आउने पर्यटकको भिड लागेको छ भने अर्को तिर पुम्दीभुम्दीको व्यापार व्यवसाय समेत फस्टाएको छ ।
पुम्दीकोटबाट पोखरा बजार, विश्व शान्ति स्तूप, सराङकोट, काहुँडाँडा, हिमशृंखला, फेवाताल, हरियो वनजंगललगायतको दृश्य देख्न सकिन्छ । ४० करोडको परियोजनामा २० करोड रुपैयाँ खर्च भइसकेको छ । उक्त स्थानमा मुर्ती निर्माण गर्न महायज्ञबाट ८ करोड रुपैयाँ संकलन भएको थियो । मूर्ति निर्माणका लागि पोखरा महानगरले १ करोड ५० लाख रुपैयाँ, प्रदेश सरकारबाट ३ करोड ५० लाख र संघीय सरकारले ४ करोड रुपैयाँ दिएको थियो ।
पोखरा आउने पर्यटकलाई थप एक दिन बस्न समय लम्ब्याउने गरी पर्यटकीय गन्तव्यको विकास गरिएको मूर्ति निर्माण समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताउनुहुन्छ ।
भारतको मथुरामा बनाइएको करिब ६ टन तौल बराबरको मूर्ति ५१ फिट अग्लो छ । पुम्दीकोटमा हाल मूर्ति स्ट्यान्डसहितको ध्यानकेन्द्र, १ सय ८ शिवलिंग पनि बनाईएको छ ।
१ सय ८ स्वर्गद्वारी सिँढी, ढुंगा बिछ्याउने, रंगरोगन, फिनिसिङलगायतको काम निर्माणाधीन अवस्थामा छ । समितिले १८ वटा एट्याच बाथरुमसहितका सटर निर्माण गरेको छ । ग्रिनरी पार्क, पार्किङ, तार बार, रेलिङ, स्मृति पार्क, प्रशासकीय भवन, ज्येष्ठ नागरिक मिलन केन्द्र, टिकट काउन्टरलगायतका भौतिक संरचना निर्माण गर्दै छ ।

Related Articles

Leave a Comment