Home » पाँचथरको फिदिममा आगलागी हुँदा २ जनाको मृत्यु

पाँचथरको फिदिममा आगलागी हुँदा २ जनाको मृत्यु

by newnagarikdiary
0 comment

पाँचथरको फिदिम नगरपालिकाको घुमाउनेटारमा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ।

आगलागी हुँदा अन्य २ जना घाइते हुदा ३ जनाले भने भागेर ज्यान बचाएक छन् । आगलागी स्थानीय मेघबहादुर गुरुङको घरमा राति १ः३५ मिनेटमा लागेको हो । मेघबहादुरकी बुहारी २३ वर्षकी आसाङसिं थेवे र २२ वर्षकी छोरी ममता गुरुङको आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जनाकारी दिए ।

आगलागीमा परी मेघबहादुर र विजेन्द्र गुरुङ सामान्य घाइते रहेको उनले जानकारी दिए । बिजुली सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।

Related Articles

Leave a Comment