Home » नेपाली कांग्रेसको घोषणापत्र सार्वजनीक, यस्तो छ एजेण्डा

नेपाली कांग्रेसको घोषणापत्र सार्वजनीक, यस्तो छ एजेण्डा

by newnagarikdiary
0 comment

नेपाली कांग्रेशले मंसिर ४ गते हने प्रदेश तथा प्रतिनिधिसभाको घोषणापत्र कांग्रेसले आज सार्वजनिक गरेको छ । नेपाली कांग्रेसले चुनावी घोषणापत्रमै असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन नगर्ने प्रतिज्ञा गरेको छ । नेपाली कांग्रेसले आगामी पाँच वर्षमा साढे १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने चुनावी बाचा गरेको छ ।

शनिबार सार्वजनिक चुनावी घोषणापत्रमा कांग्रेसले सूचनाप्रविधि, उद्योग, पर्यटन, निर्माण यातायातलगायतका क्षेत्रमा वार्षिक साढे २ लाख नयाँ रोजगारी सिर्जना गर्ने संकल्प गरेको हो ।

नेपाल श्रमशक्ति सर्वेक्षणको आँकडाअनुसार नेपालका करिब ७० लाखभन्दा बढी जनसंख्या विभिन्न रोजगारी र स्वरोजगारमा आवद्ध छन् भने वार्षिक पाँच लाख हाराहारी जनशक्ति श्रम बजारमा आउने गरेका छन् । तर, २०७७र७८ मा दर्ता भएका २०३ नयाँ उद्योगले जम्मा ११ कजार ८३३ रोजगारी मात्र प्रस्ताव गरेको छ भने लोकसेवा आयोगले तीन हजार ७५४ जनाको मात्र विज्ञापन गरेको छ ।

लाखौंको संख्यामा रोजगारी सिर्जना गर्न ठूलै संरचनात्मक पहल चाहिने भन्दै कांग्रेसले आर्थिक क्षेत्रको विद्यमान नीतिगत, कानुनी र प्रक्रियागत अड्चनमा व्यापक नयाँ चरणको ओम्निवस सुधार गर्दै न्यूनतम ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ ।

 

 

Related Articles

Leave a Comment