Home » नेकपा जोगाउन नसकेकोमा पछुतो छ : एमाले महासचिव पोखरेल

नेकपा जोगाउन नसकेकोमा पछुतो छ : एमाले महासचिव पोखरेल

by newnagarikdiary
0 comment

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपाको एकता जोगाउन नसकेकोमा पछुतो रहेको बताएका छन् । आइतबार शुरु भएको

माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमाले महासचिव पोखरेलले कार्यनीति र स्वार्थका प्रश्नमा अल्झिएका कारण पार्टी एकता जोगाउन नसकेको बताए ।

‘नेपाली वामपन्थी आन्दोलन सही दिशामा छैन । कार्यनीतिमा देखिएको फरक मतका कारण हामी बोल्नै छोडेका छौं । नेताहरुको अन्तरकलहमा आधारित नीति बनाउने र त्यसैमा बहकिने प्रवृत्तिबाट वाम आन्दोलन अगाडि बढ्न सक्दैन’, पोखरेलले भने ।

उनले अघिल्लो आम निर्वाचनमा एमाले र माओवादी मिलेर जनताको विश्वास जितेपनि एकता जोगाउन नसकिएको बताए । ‘कार्यनीति र स्वार्थको प्रश्नमा अल्झिएका कारण हाम्रा महान उद्देश्यहरु प्रभावित भएका छन् । नेकपा गठनको उद्देश्य सही थियो ।

नेकपाको एकता जोगाउन नसकिएकोमा मलाई पछुतो छ’, पोखरेलले भने । उनले राष्ट्रिय स्वाधीनता र परराष्ट्र मामिलाका सन्दर्भमा नेपालका सबै राजनीतिक दलहरु एकै कित्तामा उभिनुपर्नेमा जोड दिए । ७ दशकदेखि नेपालमा पटक–पटक राजनीतिक क्रान्ति भएनपनि परिवर्तनको प्रत्याभूति दलाउन नसकिएको बताए ।

‘राजनीतिक क्रान्ति गर्न सक्यौ तर परिवर्तन र समृद्धिको एजेण्डालाई अगाडि बढाउन सकेनौं । यसमा भएका कमजोरीबारे सबै दलहरुले आत्मसमिक्षा गर्नुपर्छ’, पोखरेलले भने ।

नेकपाभित्र विवाद उत्कर्षमा पुगेका कारण जनमत खण्डित भएको पोखरेलले दावी गरे ।

नेकपाले प्राप्त गरेको जनमत खण्डित भएपनि जनतामा जाने कुरा स्वभाविक रहेको उनको भनाई थियो ।

‘जनतामा जाने कुरा प्रतिगमन हुन सक्दैन । एमालेको धारणा यही हो । जनमत खण्डित भएको अवस्थामा ताजा जनादेश नै उपयुक्त थियो’, पाखरेलले भने ।

एमाले महासचिव पोखरेलले माओवादीतर्फ इंगित गर्दै आजको परिर्वतनलाई कुनै दल विशेषको उपलब्धीका रुपमा चित्रण गर्नु इतिहासप्रति अन्याय हुने बताए । यो सामूहिकताको परिणाम भएको बताए ।

यसलाई कुनै दल विशेषको भन्दा आफूले आफैंलाई च्याम्पियन माने पनि यसलाई संस्थागत गर्न नसक्ने उनले बताए । माओवादी केन्द्रले गणतन्त्र, संघीयता, धर्म निपरेक्षता, समानुपातिक समावेशी लगायतका परिर्वतन आफ्नो उपलब्धी भएको दाबी गर्ने गरेको छ ।

Related Articles

Leave a Comment