Home » नारायणी नदिमा अाईतबारदेखि १५ कराेडमा बनेकाे ३ तलाकाे ‘क्रुज सीप’ चल्ने

नारायणी नदिमा अाईतबारदेखि १५ कराेडमा बनेकाे ३ तलाकाे ‘क्रुज सीप’ चल्ने

by newnagarikdiary
0 comment

नारायणी नदीमा अाईतबारदेखि ‘क्रुज शिप’ सञ्चालनमा आउने भएको छ।

राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको क्रुज शिप व्यावसायिक रूपमा २ वर्षपछि चल्ने भएकाे हाे ।

उक्त क्रुजको दुई वर्षअगाडि नै सफल परीक्षण गरिएको थियो। तीन तलाको क्रुजमा एक पटकमा १८० जना यात्रु चढ्न मिल्छ।

कँडेलका अनुसार एक घन्टासम्म नारायणी नदीमा यात्रुलाई सयर गराउने योजना छ। यसका लागि प्रतिव्यक्ति ७ सय रूपैयाँ लाग्छ।

ब्रेकफास्ट क्रुजिङका लागि एक हजार पाँच सय, लन्च क्रुजिङका लागि दुई हजार र डिनर क्रुजिङका लागि दुई हजार पाँच सय रुपैयाँ तोकिएको छ।

क्रुज शिपभित्र रेस्टुरेन्ट, साँस्कृतिक कार्यक्रम गर्न स्टेज, बैठक सेमिनार गर्न मिल्ने हल, सेल्फी प्वाइन्टहरू छन्।

यो क्रुज शिप निर्माणमा १५ करोड रूपैयाँभन्दा बढी खर्च भएकाे छ |

Related Articles

Leave a Comment