Home » दक्षिण कारियाको सउलमा १४९ जनाको भागदौडका क्रममा मृत्यु

दक्षिण कारियाको सउलमा १४९ जनाको भागदौडका क्रममा मृत्यु

by newnagarikdiary
0 comment

दक्षिण कोरियाको राजधानी सउलमा हलोविन उत्सव मनाउन भेला भएका मानिसमा भागदौड मच्चिदा कम्तीमा १ सय ४९ जनाको ज्यान गएको छ ।

रात्रिकालिन उत्सवको लागि चर्चित सउलको इथेवनस्थित हेमिल्टन होटल नजिकै गएराति साढे १० बजे उक्त दुर्घटना हुदाँ सो मानवीय हताहति भएको हो । साँघुरो गल्लीमा हलोविन उत्सव मनाउन दशौ हजारौको भिड लागेको र भिडले अगाडि धकेल्न सुरु गरेपछि भागदौड मच्चिएको प्रत्यक्षदर्शीलाइ उद्धृत गर्दै सञ्चार माध्यमले जनाएका छन् ।

भागदौडका क्रममा मानिसले कुल्चिएर अन्य १ सय ५० भन्दा बढि घाइते भएका छन् । नजिकैका अस्पतालमा उपचाररत केहि घाइतेको अवस्था गम्भिर भएकोले मृतकको संख्या बढ्न सक्ने अनुमान अधिकारीले गरेका छन् । मृत्यु हुने अधिकांशका २० वर्ष उमेरका किशोर र युवती रहेका छन् । यसैगरी दुर्घटनामा २ विदेशी नागरिकको मृत्यु भएको पुष्टि भएपनि उनीहरु कुन मुलुकका हुन भनेर खुलाइएको छैन् । घटना हुनु अघि प्रहरीलाइ भिड नियन्त्रण गर्न कठिन भएको प्रत्यक्षदर्शीले बताएका छन् । कोरोना महामारीका कारण तीन वर्ष पछि उक्त क्षेत्रमा पहिलोपटक हलोविन उत्सव मनाउन अनियन्त्रित भिड लागेको जनाइएको छ । उत्सव मनाउन चर्चित कलाकार आएको हल्ला फैलिएपछि भिडले धकेल्न सुरु गर्दा भागदौड मच्चिएको बताइएको छ । यद्यपी घटनाको वास्तविक कारण पत्ता लगाउन अधिकारीले अनुसन्धान सुरु गरेका छन् । यसैबीच राष्ट्रपति युन सुक योलले घटनाप्रति दुख ब्यक्त गर्दै घाइतेको उपचार र अपरेशन द्रुत गतिमा गर्न निर्देशन दिएका छन् ।।

Related Articles

Leave a Comment