Home » तिन जिल्लाको संगम स्थल रिडिमा माघे संक्रान्ती मेलाको भव्य तयारी

तिन जिल्लाको संगम स्थल रिडिमा माघे संक्रान्ती मेलाको भव्य तयारी

by newnagarikdiary
0 comment

तिन जिल्लाको संगम स्थल रिडिमा माघे संक्रान्ती मेलाको भव्य तयारी गरिएको छ ।

हरेक वर्ष माघ १ देखी करिब हफ्ता लाग्ने मेलामा यो वर्ष पनि पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगम रुरुधाम रिडीमा माघे सङ्क्रान्ति मेलाको तयारी पूरा भएको छ । कालिगण्डकी नदीमा स्नान र भगवान् ऋषिकेश लगायतका मठ मन्दिरमा माघे संक्रान्ति मेला भर्न आउने दर्शन गर्नेहरूको भीड लाग्ने गर्दछ ।

एसियामै पहिलो तिनमुखे पुलको निर्माण सम्पन्न भएपछिको यो पहिलो मेला भएकाले पनि मेलाको आकर्षण अझै बढ्ने अनुमान गरिएको हो । यो वर्ष माघे संक्रान्ति मेलामा दर्शनार्थीहरूको राम्रै आगमन हुने देखिएको आयोजकले बताएको छ ।

धार्मिक र सांस्कृतिक रुरुक्षेत्रको रुरुधामलाई धार्मिक पर्यटन सँग जोड्न परम्परागत रूपमा चल्दै आएको माघेसंक्रान्ति मेलाको तयारी सुरु समेत भइसकेको छ ।

Related Articles

Leave a Comment