Home » चिनियाँ कम्युनिष्टले भन्यो नेपालको वामपन्थी शक्तिको रुपमा एमालेले खेलेको भूमिका अतुलनिय

चिनियाँ कम्युनिष्टले भन्यो नेपालको वामपन्थी शक्तिको रुपमा एमालेले खेलेको भूमिका अतुलनिय

by newnagarikdiary
0 comment

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)ले एमाले महाधिवेशनलाई सन्देश पठाउँदै नेपालको वामपन्थी शक्तिको रुपमा एमालेले खेलेको भूमिकाको प्रशंसा गरेको छ ।

‘एमालेले नेपालको महत्वपूर्ण वामपन्थी शक्तिको रुपमा विकासको मार्ग पहिल्याउँदै उल्लेखनीय उपलब्धि हासिल गरेको छ’ सीपीसीको सन्देशमा उल्लेख छ । चीनले यसपटक कोरोना महामारीलाई कारण देखाउँदै

एमाले महाधिवेशनलाई शुभकामना सन्देश पठाएको हो । सीपीसीले पठाएको भिडियो सन्देशमा एमाले र अन्य वामपन्थी दलहरूबीचको सम्बन्ध सुदृढ गर्न चाहेको जनाइएको छ । राष्ट्रपति सी जिनपिङको काठमाडौं भ्रमणपछि दुई मुलुकबीच विकास र समझेदारीका क्षेत्र र

दुईपक्षीय सम्बन्धमा थप उचाइको सम्बन्ध स्थापित भएको सन्देशमा उल्लेख छ । ‘सीपीसीले हालै स्थापनाको सयवर्ष मनाएको छ र सो क्रममा शताब्दी लामो प्रयासका प्रमुख उपलब्धीहरूको समीक्षा भएको थियो’ सन्देशमा भनिएको छ, ‘ती उपलब्धि र सिकाइहरूलाई हामी आदानप्रदान गर्न चाहन्छौं ।’

Related Articles

Leave a Comment