Home » घटस्थापनाको साइतमा मन्त्रिमण्डल विस्तार गर्ने तयारी

घटस्थापनाको साइतमा मन्त्रिमण्डल विस्तार गर्ने तयारी

by newnagarikdiary
0 comment

काठमाडौं । सरकार गठनको ८७ दिनपछि आज मन्त्रिमण्डलले पूर्णता पाउने भएको छ । मन्त्रालय भागवण्डा लगायतका विषयमा गठबन्धनका शीर्ष नेताहरुबीच सहमति जुटेपछि सरकारले आज पूर्णता पाउने भएको हो ।

मंगलबार नै दलहरुबीच सरकार विस्तारका विषयमा सहमति जुटेपनि प्रधानमन्त्री शेरबहादुर देउवाले घटस्थापनाको साइतमा मन्त्रिमण्डल विस्तार गर्ने प्रस्ताव गरेपछि आज मन्त्रीहरुको सपथ हुने भएको हो ।

तर अहिलेसम्म माओवादी केन्द्रबाहेक अन्य दलहरुले मन्त्रीको नाम टुंगो लगाउन सकेका छैनन् । माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्ने हुनुभएको छ । यस्तै राज्यमन्त्रीका लागि मोधमाया यादवको नाम टुंगो लागेको छ ।

माओवादीबाट यसअघि नै जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्रीको रुपमा सरकारमा सहभागी हुनुहुन्छ । यस्तै नेपाली कांग्रेसमा कसलाई मन्त्री बनाउने भन्ने विषयमा सहमति जुट्न नसकेको बताइएको छ ।

सो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आफुलाई तीन मन्त्रालय दिनुपर्ने अडान राखेपछि सहमति जुट्न नसकेको नेताहरु बताउँछन् । हिजो साँझ बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक बसेपनि सहमति जुट्न सकेन् ।

प्रधानमन्त्री समेत रहनुभएका कांग्रेस सभापति देउवाले पौडेल समूहलाई दुई र सिटौला समूहलाई एक मन्त्रीको नाम सिफारिस गर्न आग्रह गर्नुभएको छ ।

त्यसैगरी नेकपा एकीकृत समाजवादीले सरकारमा जानेहरुको नाम टुंगो लगाईसकेको बताइएको छ । जनता समाजवादी पार्टीबाट मन्त्री छान्ने जिम्मा शीर्ष तीन नेताले पाउनुभएको छ ।

Related Articles

Leave a Comment