Home » गोरखा २मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल निर्वाचित

गोरखा २मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल निर्वाचित

by newnagarikdiary
0 comment

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नं २ बाट निर्वाचित भएका छन् ।

उनले २६ हजार १०३ मत पाउदा १३ हजार भन्दा बढी मत का साथ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६३७ र एमाले उम्मेदवार अब्दुस मियाले ७ हजार ३९३ मत पाएका हुन् ।

माओवादी अध्यक्ष प्रचण्डले २०६४ यताका सबै चुनाव लगातार जित्दै आएका छन् ।

Related Articles

Leave a Comment